नासिँदै सेन वंशीय रुद्रपुर गढी

नवलपरासी।  पूर्वी नवलपरासीकाे द्यौवादी स्थित ऐतिहासिक रुद्रपुर गढी संरक्षणकाे अभावमा नासिँदै गएको छ ।हुप्सेकाेट गाउँ पालिका ५ स्थित साेक्षेत्रमा सम्बद्ध पक्षकाे नजर नपुग्दा झाडी बुट्यान भित्र हराएको ऐतिहासिक गढी माटाेमा विलिन हुने अवस्थामा पुगेको हाे ।तत्कालीन रिव्दीकाेटका सेन वंशीय शासक रूद्रसेनले बि.सं. १५५० तिर पाल्पालाई आफ्नो राज्यकाे केन्द्र बनाउदै अघि बढ्ने क्रममा यस गढीको निर्माण […]

Nov 1, 2024 - 12:02
 0
नासिँदै सेन वंशीय रुद्रपुर गढी

नवलपरासी। 

पूर्वी नवलपरासीकाे द्यौवादी स्थित ऐतिहासिक रुद्रपुर गढी संरक्षणकाे अभावमा नासिँदै गएको छ ।
हुप्सेकाेट गाउँ पालिका ५ स्थित साेक्षेत्रमा सम्बद्ध पक्षकाे नजर नपुग्दा झाडी बुट्यान भित्र हराएको ऐतिहासिक गढी माटाेमा विलिन हुने अवस्थामा पुगेको हाे ।
तत्कालीन रिव्दीकाेटका सेन वंशीय शासक रूद्रसेनले बि.सं. १५५० तिर पाल्पालाई आफ्नो राज्यकाे केन्द्र बनाउदै अघि बढ्ने क्रममा यस गढीको निर्माण भएको बताइन्छ ।

महाभारत पर्वत शृङ्खलाको  उच्च टाकुरोमा अवस्थित रुद्रपुर गढी वरपर दरबारकाे भग्नावशेष, गाेलाकार ट्रेन्च, पाेखरीहरू संरक्षणहीन अवस्थामा रहेका
छन् । जिल्लाकाे प्रसिद्ध माैलाकालिका स्थान, मुकुन्दपुर वरपर काेट तथा मन्दिरका भग्नावशेष आदि हुनुले गढी लगायत याे ठाउँ शक्तिशाली पाल्पा राज्यकाे महत्त्वपूर्ण भूभाग रहेको स्थानीयको दाबी छ ।

पूर्वी र पश्चिमी माेहाेडा भिरालाे भई माथिल्लो भाग निकै सम्म  परेकाे यस गढी देखि केही पूर्वमा रमणीय गाेलपाेखरी क्षेत्र  रहेको छ । उत्तर दक्षिण छिचोल्ने प्राचीन गाैडाे हर्रे नजिक रहेकाले सामरिक दृष्टिले पनि यहाँ गढीको निर्माण भएको आभास मिल्दछ ।

यसै सम्बन्धमा स्थानीय वडाध्यक्ष पदम बहादुर राना बाउ,बाजेकै पालादेखि आफ्नो गाउँलाई रुद्रपुर द्योवादी भनिँदै आएकाेले यहाँ अवस्थित गढी रुद्र प्रताप सेनकै पालामा बनेको तर्क राख्छन् । रानाका अनुसार गढीको मुख्य भागमा केही वर्ष अघि सम्म चारै तर्फ ढोका देखिन्थ्यो,स्लेट जस्ताे काला रंगका चेप्टा ठूला ढुङ्गाले गढीको निर्माण गरिएको थियाे ।

उनले ऐतिहासिक महत्त्वको गढी क्षेत्रकाे विकास हुन सके आन्तरिक पर्यटक भित्र्याउन सकिने देखेर सो ठाउँ सम्म पुग्न स्थानीय तथा प्रदेशको सहयोगमा पदमार्ग बनाउन थालिएको बताए ।

हिमाल,पहाडका दृश्य नियाल्न र छिमेकी देश भारतको बिहार सम्मका भूभाग देख्न सकिने रुद्रपुर गढीमा आन्तरिक पर्यटक भित्र्याउन सके पर्यटनको क्षेत्रमा टेवा पुग्ने स्थानीयको भनाई छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register