४७औं राष्ट्रपति आजै चुनिँदै

काठमाडौं । संयुक्त राज्य अमेरिकाका नयाँ राष्ट्रपति निर्वाचनको परिणाम आज बुधबार दिउँसोसम्म आइसक्ने आँकलन गरिएको छ। देशको ४७औं राष्ट्रपतिका लागि नेपाली समयअनुसार मंगलबार बेलुकीबाट मतदान प्रक्रिया शुरू भएको थियो। यसअघि नै अमेरिकाका ८ करोडभन्दा बढी मतदाताले अर्ली भोट गरिसकेका छन्। तीब्र प्रतिस्पर्धाबीच हुन लागेको निर्वाचनमा डोनाल्ड ट्रम्प र कमला ह्यारिस कसले बाजी मार्ला अहिले नै […]

Nov 6, 2024 - 01:26
 0
४७औं राष्ट्रपति आजै चुनिँदै


काठमाडौं ।

संयुक्त राज्य अमेरिकाका नयाँ राष्ट्रपति निर्वाचनको परिणाम आज बुधबार दिउँसोसम्म आइसक्ने आँकलन गरिएको छ। देशको ४७औं राष्ट्रपतिका लागि नेपाली समयअनुसार मंगलबार बेलुकीबाट मतदान प्रक्रिया शुरू भएको थियो।

यसअघि नै अमेरिकाका ८ करोडभन्दा बढी मतदाताले अर्ली भोट गरिसकेका छन्। तीब्र प्रतिस्पर्धाबीच हुन लागेको निर्वाचनमा डोनाल्ड ट्रम्प र कमला ह्यारिस कसले बाजी मार्ला अहिले नै भन्न मुस्किल छ। ५० राज्यमध्ये ४३ राज्यले आफ्नो मत कसलाई दिने टुंगो लगाए पनि सात राज्यको इलोक्ट्रोकल मतदाताको भोट कसलाई दिने भन्ने टुंगो नलागेकाले चुनाव ट्रम्प वा ह्यारिस कसले जित्छ भन्नेबारेमा अनुमान लगाउन सकिएको छैन।

पेन्सिलभेनिया, एरिजोना, नर्थ क्यारोलाइना, नेभादा, विस्कन्सिन, मिसिगन र जर्जियाको भोट नै निर्णायक हुने देखिएको छ । आप्रवासीहरूको बाहुल्य रहेको अमेरिकामा आप्रवासीको अधिकांश भोट डेमोक्र्याट उम्मेदवार ह्यारिसलाई जाने सम्भावना बढी रहेको छ । हालकी उपराष्ट्रपति ह्यारिस र पूर्वराष्ट्रपति ट्रम्पबीच हुने निर्वाचनामा पपुलर मत ल्याउने उम्मेदवार पराजित हुने र कम मत ल्याउने उम्मेदवार विजयी हुन सक्ने सम्भावना पनि रहेको छ ।

राष्ट्रपतिमा निर्वाचित हुन कुल ५ सय ३८ इलेक्ट्रोरल मतमध्ये कम्तीमा २ सय ७० ल्याउनुपर्ने प्रावधान रहेको छ । अमेरिकाका ५० राज्यका लागि जनसंख्याका आधारमा ५ सय ३५ र संघीय राजधानी ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’ का लागि ३ इलेक्ट्रोरल मत निर्धारण गरिएको छ।

दलहरूले आफ्ना समर्थक वा पार्टी अधिकारीलाई चुनाव हुनुअघि नै इलेक्ट्रोरलका रूपमा चयन गर्ने गरेका छन् । इलेक्ट्रोरलले सिद्धान्ततः आफूलाई मन परेको उम्मेदवारलाई मत दिन पाउने भए पनि आफ्नो राज्यमा लोकप्रिय मत बढी पाउने उम्मेदवारलाई नै समर्थन गर्ने गरेको पाइन्छ। त्यस कारण मुलुकभरबाट बढी मत पाए पनि इलेक्ट्रोरल भोटले भाग्य निर्धारण गर्ने गरेको पाइएको छ ।

दुई उम्मेदवारले पाएको इलेक्ट्रोरल मत बराबर भयो भने अमेरिकी संसद्को तल्लो सदनले मतदानमार्फत् सबैभन्दा बढी इलेक्ट्रोरल मत पाउने तीन उम्मेदवारबीचबाट राष्ट्रपति छानिने परम्परा रहेको छ। यस्तो प्रक्रियाबाट अमेरिकामा सन् १८२४ मा मात्र राष्ट्रपति निर्वाचित भएका थिए। राष्ट्रपतिमा विजयी भएका उम्मेदवारले चयन गरेका उपराष्ट्रपतिका उम्मेदवार पनि स्वतः निर्वाचित भएको मानिने कानुनी प्रावधान रहेको छ।

राष्ट्रपति उम्मेदवार ह्यारिसले गर्भपतनको अधिकारसँगै कामकाजी परिवारका लागि खाना तथा आवासको खर्च कम गर्ने पैरवी गर्नुभएको छ भने पूर्वराष्ट्रपति ट्रम्पले आप्रवासीहरूको गैरकानुनी अमेरिका प्रवेश रोक्न सीमा बन्द गर्ने र खर्बाैंसम्म कर कटौती गर्ने वाचा गर्नुभएको थियो ।

राष्ट्रपति निर्वाचनअघि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पको निर्वाचन प्रचारको क्रममा दुईपटक हत्याको प्रयास भएको थियो । अमेरिकाका केही राज्यका निर्वाचन शुरू हुनुभन्दा अघि नै निर्वाचन विरोधी क्रियाकलाप शुरू गएको थियो । अर्ली मतदानका लागि राखिएका मतपेटिकामा आगलागीका घटना भएपछि निर्वाचन हिंसात्मक हुने हो कि भन्ने आशंका गर्दै सुरक्षा व्यवस्थासमेत मजबुत पारिएको संघीय निर्वाचन आयोगले जनाएको छ।

यता, अमेरिकी निर्वाचन अधिकारीहरूले कुनै पनि किसिमको भ्रममा नपर्न आग्रह गरेका छन् । अमेरिकी मतदाताहरूले देशको राष्ट्रपतिसँगै त्यहाँको संसद्का सदस्यहरू चयनका लागि पनि मतदान गरेका छन् । कतिपय राज्यमा गर्भपतनको अधिकारबारे पनि मतदानबाट निर्णय हुने भएको छ।

मत सर्वेक्षणहरूले अमेरिकी संसद्का दुवै सदनमा अहिले रहेको नियन्त्रणमा हेरफेर हुन सक्ने आँकलन गरिएको छ । कुल ४ सय ३० सिट रहेको हाउस अफ रिप्रिजेन्टेटिभ्स भनिने तल्लो सदन र ३४ सिट रहेको सिनेट भनिने माथिल्लो सदनमा बहुमत पुर्‍याउन डेमोक्र्याट र रिपब्लिकन दुवै पार्टी लागिपरेका छन् ।

संसद्का यी दुई सदनले कानुनहरू पारित गर्नुका साथै ह्वाइट हाउसमाथि नियन्त्रणको काम गर्ने गर्दछन् । राष्ट्रपतिको योजना कुनै सदनमा बहुमत रहेको पार्टीलाई चित्त नबुझे त्यसको कार्यान्वयन गर्न ह्वाइट हाउसलाई अप्ठ्यारो पर्न सक्ने हुन्छ ।

निर्वाचन खर्च अत्यधिक
अमेरिकी राष्ट्रपति निर्वाचनमा यसपटक भएको खर्चलाई हेर्ने हो भने त्यो उदेकलाग्दो खर्च देखिन्छ । अहिलेसम्म डेमेक्र्याट उम्मेदवार ह्यारिसले ५४ करोड ४० लाख रुपियाँ निर्वाचन प्रचारका क्रममा खर्च गर्नुभएको छ भने रिपब्लिकन उम्मेदवार ट्रम्पले ४४ करोड अमेरिकी डलर खर्च गर्नुभएको छ।

अहिलेसम्म दुवै उम्मेदवारले ९८ करोड ४० लाख अमेरिकी डलर खर्च गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको छ। यो रकम अझै बढ्न सक्ने आँकलनसमेत गरिएको छ । हाल अमेरिकी राष्ट्रपति निर्वाचनमा गरिएको खर्च नेपालको एक वर्षको बजेट हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register