अमेरिकी राष्ट्रपति चुनाव : केही राज्यमा मतदान सम्पन्न, यी हुन् अहिलेसम्मका प्रमुख ६ घटनाक्रम

काठमाडौं– अमेरिकामा राष्ट्रपति चुनावको लागि मतदान जारी छ । तर, नेपाली समयअनुसार बुधबार बिहानसम्ममा केही राज्यमा मतदान सम्पन्न भएको छ । अहिलेसम्मका प्रमुख ७ घटनाक्रम यसप्रकार छन्ः १. केन्टकी, इन्डियाना, साउथ क्यारोलाइना, भर्मन्ट, भर्जिनिया र महत्वपूर्ण ‘ब्याटलग्राउन्ड’ राज्य जर्जियामा मतदान समाप्त भएको छ । जर्जिया ती सात राज्यहरूमध्ये एक हो, जसले राष्ट्रपति चुनावको नतिजा निर्धारण […]

Nov 6, 2024 - 01:45
 0
अमेरिकी राष्ट्रपति चुनाव : केही राज्यमा मतदान सम्पन्न, यी हुन् अहिलेसम्मका प्रमुख ६ घटनाक्रम

काठमाडौं– अमेरिकामा राष्ट्रपति चुनावको लागि मतदान जारी छ । तर, नेपाली समयअनुसार बुधबार बिहानसम्ममा केही राज्यमा मतदान सम्पन्न भएको छ । अहिलेसम्मका प्रमुख ७ घटनाक्रम यसप्रकार छन्ः

१. केन्टकी, इन्डियाना, साउथ क्यारोलाइना, भर्मन्ट, भर्जिनिया र महत्वपूर्ण ‘ब्याटलग्राउन्ड’ राज्य जर्जियामा मतदान समाप्त भएको छ । जर्जिया ती सात राज्यहरूमध्ये एक हो, जसले राष्ट्रपति चुनावको नतिजा निर्धारण गर्नेछ ।

२. कमला ह्यारिसका समर्थकहरू वाशिंगटन डीसीस्थित हावर्ड विश्वविद्यालय बाहिर जम्मा हुँदैछन् । ह्यारिसले यही विश्वविद्यालयबाट स्नातक गरेकी थिइन् । आजको चुनावी रात्रि पार्टीको स्थल पनि यही तय गरिएको छ ।

३. डोनाल्ड ट्रम्पको चुनावी पार्टीका लागि मिडियास्थलमा तयारी गरिएका छन् । त्यहाँ उनका समर्थक भेला भएका छन् । राष्ट्रका लागि सम्भावित सम्बोधनका लागि मञ्च सजाइएको छ ।

४. प्रारम्भिक एग्जिट पोलका अनुसार, सोधिएका व्यक्तिहरूमध्ये करिब तीन–चौथाइ जनाले अमेरिकामा लोकतन्त्र ‘धेरै’ वा ‘केही हदसम्स’ खतरेमा रहेको बताएका छन् । लगभग १० मध्ये ७ जना मतदानकर्ताले चुनावको नतिजासँग सम्बन्धित हिंसाको आशंका व्यक्त गरेका छन् ।

५. प्रारम्भिक एग्जिट पोलका अनुसार, लोकतन्त्र र अर्थव्यवस्था यस चुनावमा मतदानकर्ताहरूका लागि सबैभन्दा ठूला मुद्दा हुन् ।

६. मतदानको बीचमा केही मतदान केन्द्रमा बम धम्कीको जानकारी प्राप्त भएको थियो । एफबीआईको भनाइ अनुसार ती धम्कीहरू रुसको इमेल डोमेनबाट आउने गरेको देखिएको छ । (बीबीसी हिन्दीको सहयोगमा)

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register