छठ युवा फ्रन्टले गर्यो सरसफाइ

लक्ष्मीपुर, २१ कात्तिक । छठ पूजाको अवसरमा लक्ष्मीपुरदेखि बिरिङ खोलासम्म सडक सरसफाई गरिएको छ । छठ युवा फ्रन्ट बिर्तामोडको अगुवाइमा आज लक्ष्मीपुर चोकदेखि छठ पूजास्थल बिरिङ खोलासम्म सरसफाइ गरिएको हो । सरसफाइ कार्यक्रममा विभिन्न सामाजिक संघ–संस्था, अभियन्ताहरुको सहभागिता रहेको थियो । बिरिङ खेलामा हुने छठ पूजालाई भब्य र सभ्य बनाउन सरसफाई गरिएको फ्रन्टका अध्यक्ष अमरजीत [...] The post छठ युवा फ्रन्टले गर्यो सरसफाइ appeared first on Jhapa Online.

Nov 6, 2024 - 10:22
 0
छठ युवा फ्रन्टले गर्यो सरसफाइ

लक्ष्मीपुर, २१ कात्तिक । छठ पूजाको अवसरमा लक्ष्मीपुरदेखि बिरिङ खोलासम्म सडक सरसफाई गरिएको छ । छठ युवा फ्रन्ट बिर्तामोडको अगुवाइमा आज लक्ष्मीपुर चोकदेखि छठ पूजास्थल बिरिङ खोलासम्म सरसफाइ गरिएको हो ।

सरसफाइ कार्यक्रममा विभिन्न सामाजिक संघ–संस्था, अभियन्ताहरुको सहभागिता रहेको थियो । बिरिङ खेलामा हुने छठ पूजालाई भब्य र सभ्य बनाउन सरसफाई गरिएको फ्रन्टका अध्यक्ष अमरजीत रौनियारले जानकारी दिए । ‘छठ पर्वका बेला घरआँगन, खोला तथा जलाशय सफा गरिन्छ’, उनले भने, ‘भक्तजन र व्रतालुलाई लक्षित गरेर सडक सफा गरेका हौं ।’

सरसफाई कार्यक्रमको उद्घाटन कनकाई–८ का वडाध्यक्ष लीलाबहादुर कटुवालले गरेका थिए । कार्यक्रममा बिर्तामोड–२ का वडाध्यक्ष किशोरकुमार पौडेल, नेपाली कांग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौला, श्री छठ समाज सेवा समिति बिर्तामोडका अध्यक्ष रामेश्वर द्विवेदी, बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मेघराज बाँस्तोला, वीरता जेसीज बिर्तामोडका अध्यक्ष विकास बस्नेत, इलाका प्रहरी कार्यालय घैलाडुब्बाका इञ्चार्ज खुदु मुर्मु, युवा नागरिक समाज झापाका अध्यक्ष केशव भण्डारी, युवा नागरिक समाज अर्जुनधाराका अध्यक्ष सुजन शिवाकोटीलगायतको सहभागिता रहेको थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

https://www.facebook.com/jhapaonlineportal

फ्रन्टका उपाध्यक्ष अभिषेक शाहले स्वागत गरेको कार्यक्रममा सरसफाई कार्यक्रमको संयोजकमा दिपचन शाह र सह–संयोजकमा दीपक शाह रहेका थिए । संक्षिप्त उद्घाटन कार्यक्रमको सञ्चालन फ्रन्टका महासचिव संजय शाहले गरेका थिए ।

दशैं र तिहार सकिएसँगै शुरु भएको छठ पूजाको रौनक झापामा पनि देखिएको छ । झापाको बिरिङमा छठ पूजाका लागि करिव ४०० पन्डाल निर्माण गरिएको आयोजकले जनाएको छ । भोलि बिहीबार विभिन्न सांस्कृतिक कार्यक्रम गरेर साँझ व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर जाग्राम बसेर शुक्रबार बिहान उदाउदो सूर्यलाई अर्घ दिएपछि पूजा समापन हुनेछ ।

The post छठ युवा फ्रन्टले गर्यो सरसफाइ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register