एमालेले टुंग्यायो कीर्तिपुरको मेयरसहित तीन वडाध्यक्षका उम्मेदवार

काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि नेकपा एमालेले उम्मेदवारको टुंगो लगाएको छ । महासचिव शंकर पोखरेलसमेत उपस्थित काठमाडौं जिल्ला कमिटीको बैठकले कीर्तिपुर नगरपालिकाको मेयरसहित उपनिर्वाचन हुने वडाध्यक्षका उम्मेदवारहरु निर्विरोध टुंग्याएको हो । जसअनुसार बैठकले कीर्तिपुरको मेयरमा केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरेको एक नेताले जानकारी दिए । […]

Nov 6, 2024 - 10:21
 0
एमालेले टुंग्यायो कीर्तिपुरको मेयरसहित तीन वडाध्यक्षका उम्मेदवार

काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि नेकपा एमालेले उम्मेदवारको टुंगो लगाएको छ ।

महासचिव शंकर पोखरेलसमेत उपस्थित काठमाडौं जिल्ला कमिटीको बैठकले कीर्तिपुर नगरपालिकाको मेयरसहित उपनिर्वाचन हुने वडाध्यक्षका उम्मेदवारहरु निर्विरोध टुंग्याएको हो ।

जसअनुसार बैठकले कीर्तिपुरको मेयरमा केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरेको एक नेताले जानकारी दिए ।

त्यस्तै, कीर्तिपुर-१ को वडाध्यक्षमा हर्ष महर्जन र ४ मा बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । काठमाडौं महानगरपालिका-१६ को अध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई जिल्ला कमिटीले पनि सर्वसम्मत सिफारिस गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register