मलेसियामा विदेशी कामदारको कोटा निर्धारण, १५ प्रतिशतभन्दा धेरै जान नपाइने भएपछि नेपाली मर्कामा !  

काठमाडौँ । विदेशी कामदारको संख्यामा मलेसियाले कोटा निर्धारण गरेपछि नेपालीहरु मर्कामा परेका छन् । कुल श्रमिकको १५ प्रतिशत मात्रै विदेशी कामदार हुने गरी तोकिएको कोटालाई मलेसियन सरकारले निरन्तरता दिएसँगै वैदेशिक रोजगारीका लागि मलेसियान जाने चाहना राख्ने नेपाली श्रमिकहरु मर्कामा परेका हुन् ।  विदेशी कामदारको संख्या उच्च भएपछि मलेसियाले २०८१ जेठ १८ गते विदेशी श्रमिकको संख्यामा […]

Nov 8, 2024 - 06:33
 0
मलेसियामा विदेशी कामदारको कोटा निर्धारण, १५ प्रतिशतभन्दा धेरै जान नपाइने भएपछि नेपाली मर्कामा !  

काठमाडौँ । विदेशी कामदारको संख्यामा मलेसियाले कोटा निर्धारण गरेपछि नेपालीहरु मर्कामा परेका छन् । कुल श्रमिकको १५ प्रतिशत मात्रै विदेशी कामदार हुने गरी तोकिएको कोटालाई मलेसियन सरकारले निरन्तरता दिएसँगै वैदेशिक रोजगारीका लागि मलेसियान जाने चाहना राख्ने नेपाली श्रमिकहरु मर्कामा परेका हुन् । 

विदेशी कामदारको संख्या उच्च भएपछि मलेसियाले २०८१ जेठ १८ गते विदेशी श्रमिकको संख्यामा कोटा निर्धारण गरेको थियो । हाल मलेसियाले सो कोटालाई पुनः निरन्तरता दिएको छ । 

विगतको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीका लागि नेपालीहरुको प्रमुख गन्तव्य नै मलेसिया बनेका बेला मलेसियन सरकारको यस्तो नीतिले नेपाली कामदार थप मर्कामा परेका छन् । गत जेठदेखि नेपाली श्रमिकहरु रोजगारीका लागि मलेसिया जान पाएका छैनन् । 

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार हाल मलेसियामा २० लाख भन्दा धेरै आप्रवासी कामदार रहेका छन् । जसमध्ये ५ लाखभन्दा धेरै नेपाली रहेको अनुमान गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register