डलर साट्ने बहाना बनाई ९ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । अमेरिकन डलर साट्ने बहाना बनाई नगद ९ लाख रुपैयाँ ठगी गरेको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ धार्पा बस्ने २६ वर्षीय ललित बहादुर पाईन र २४ वर्षीय कृष्णलाल पाईन रहेका छन् । अमेरिकन डलर साट्ने बहाना बनाई पीडितलाई भक्तपुर चाँगुनारायण नगरपालिका-३ मा […]

Nov 13, 2024 - 11:10
 0
डलर साट्ने बहाना बनाई ९ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं ।

अमेरिकन डलर साट्ने बहाना बनाई नगद ९ लाख रुपैयाँ ठगी गरेको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ धार्पा बस्ने २६ वर्षीय ललित बहादुर पाईन र २४ वर्षीय कृष्णलाल पाईन रहेका छन् ।

अमेरिकन डलर साट्ने बहाना बनाई पीडितलाई भक्तपुर चाँगुनारायण नगरपालिका-३ मा बोलाई उक्त नगद ठगी गरी फरार भएका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ बाट पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्‍यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register