मनकामना केबुलकार २७औं वर्षमा प्रवेश

काठमाडौं । मनकामना दर्शन प्रालि (मनकामना केबुलकार) २७औं वर्षमा प्रवेश गरेको छ  । वार्षिकोत्सवका अवसरमा कम्पनीले यसका प्रणेता स्व. लक्ष्मणबाबु श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गर्दै उनको योगदानलाई स्मरण गरेको छ । कम्पनीले सेवा सुरु गरेको २६ वर्षपछि केबुलकारको मुख्य लट्ठा फेर्ने र डिजिटल डी–कनेक्ट प्रणालीमा स्तरोन्नति गरिसकेको छ  । कम्पनीले ५० करोड रुपैयाँ लगानीमा दुई महिना लगाएर […]

Nov 24, 2024 - 12:17
 0
मनकामना केबुलकार २७औं वर्षमा प्रवेश

काठमाडौं । मनकामना दर्शन प्रालि (मनकामना केबुलकार) २७औं वर्षमा प्रवेश गरेको छ  । वार्षिकोत्सवका अवसरमा कम्पनीले यसका प्रणेता स्व. लक्ष्मणबाबु श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गर्दै उनको योगदानलाई स्मरण गरेको छ ।

कम्पनीले सेवा सुरु गरेको २६ वर्षपछि केबुलकारको मुख्य लट्ठा फेर्ने र डिजिटल डी–कनेक्ट प्रणालीमा स्तरोन्नति गरिसकेको छ  । कम्पनीले ५० करोड रुपैयाँ लगानीमा दुई महिना लगाएर केबुलकारको स्तरोन्नति गरेको थियो  ।

नेपालको पहिलो केबुलकार मनकामना केबुलकार सञ्चालनमा आएपछि प्रसिद्ध तीर्थस्थल मनकामना साथै यस वरिपरिका क्षेत्र भारतलगायत विश्वभरमा नै एक प्रमुख गन्तव्यका रूपमा स्थापित भएको मनकामना दर्शन प्रालिले जनाएको छ ।

मनकामना दर्शन प्रालिका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठका अनुसार केबुलकार हाताभित्र सुविधा सम्पन्न रिसोर्टको निर्माण अन्तिम चरणमा पुगेको छ  । रिसोर्टमा स्विमिङ पुल, हेल्थ क्लब, सभा–सेमिनार हल र रेस्टुरेन्टको सुविधा हुनेछ  ।

रिसोर्ट सञ्चालनमा आएपछि मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय महत्वका साथ गन्तव्य बनाउने लक्ष्य रहेको श्रेष्ठले बताए । केबुलकार सञ्चालनमा आएपछि मनकामनामा सुरुवाती वर्षमा १० लाख यात्रुलाई सेवा दिएकोमा यो क्रमशः बढ्दै गएको र हाल वार्षिक १२ लाख यात्रुलाई सेवा दिँदै आएको श्रेष्ठको भनाइ छ  । यस वर्ष १३ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिएको पनि उनले बताए ।

कम्पनीले मनकामना र आसपासका क्षेत्रमा विकास, स्वास्थ्य, शिक्षा तथा विपन्न वर्ग जातिहरूलाई सहयोग गर्दै आएको जनाएको छ  । टिकट आम्दानीको कुल २ प्रतिशत रकम सहिद लखन गाउँपालिका गोरखा र इच्छाकामना गाउँपालिका चितवनलाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, संस्कृति सम्पदा जगेर्ना, विपन्न वर्गको हित तथा दैवी प्रकोपका लागि भनी बर्सेनि सहयोग गर्दै आएको छ  ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register