विद्युत् निर्यात बढ्दै जाँदा मुलुकको आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुग्छ : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्युत् निर्यात बढ्दै जाँदा मुलुकको आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने बताएका छन् । शुक्रबार (आज) नेपालले बंगलादेशलाई विद्युत् बेच्दैछ । यसबाट आफू खुसी भएको उल्लेख गर्दै प्रचण्डले भनेका छन्, “विद्युत् निर्यात बढ्दै जाँदा मुलुकको आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ […]

Nov 15, 2024 - 04:41
 0
विद्युत् निर्यात बढ्दै जाँदा मुलुकको आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुग्छ : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्युत् निर्यात बढ्दै जाँदा मुलुकको आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने बताएका छन् ।

शुक्रबार (आज) नेपालले बंगलादेशलाई विद्युत् बेच्दैछ । यसबाट आफू खुसी भएको उल्लेख गर्दै प्रचण्डले भनेका छन्, “विद्युत् निर्यात बढ्दै जाँदा मुलुकको आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ ।”

उनले थपेका छन्, “२०८० जेठमा प्रधानमन्त्रीको रूपमा भएको मेरो भारत भ्रमणका क्रममा नेपालबाट बंगलादेशमा विद्युत् निर्यात गर्न दिन भारत सरकार सहमत भएको थियो । त्यसपछि आवश्यक प्रक्रिया पूरा गर्दै आज बङ्गलादेशमा विद्युत् निर्यात हुन थालको हो ।”

नेपालले आजबाट बंगलादेशमा विद्युत् निर्यात गर्दैछ । गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले ४० मेगावाट बिजुली बंगलादेश पठाउने भएको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार आज नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीले भर्चुअलमार्फत संयुक्त रूपमा उद्घाटन गरेपछि विद्युत् बंगलादेश पठाइने छ ।

शुक्रबार करिब ११ घण्टा मात्रै विद्युत् बिक्री गर्दा प्राधिकरणले ३८ लाख ३२ हजार ४ सय रुपैयाँ आम्दानी गर्ने बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register