सहकारी सुशासन प्रबर्द्धन अभिमुखिकरण कार्यक्रम काठमाडौँमा हुँदै

काठमाडौँ । राष्ट्रिय सहकारी महासंघको आयोजनामा बागमती प्रदेश केन्द्रीत सहकारी सुशासन प्रबर्द्धन सम्बन्धि प्रादेशिक अभिमुखिकरण कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रम पुस २ गते मंगलबार काठमाडौंको होटेल बद्रिनाथ, गौशालामा आयोजना हुने भएको हो । बागमती प्रदेश सहकारी अभियानको महत्वपूर्ण केन्द्र भएकाले यो कार्यक्रमलाई विशेष रुपमा हेरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण […]

Dec 16, 2024 - 08:39
 0
सहकारी सुशासन प्रबर्द्धन अभिमुखिकरण कार्यक्रम काठमाडौँमा हुँदै

काठमाडौँ । राष्ट्रिय सहकारी महासंघको आयोजनामा बागमती प्रदेश केन्द्रीत सहकारी सुशासन प्रबर्द्धन सम्बन्धि प्रादेशिक अभिमुखिकरण कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रम पुस २ गते मंगलबार काठमाडौंको होटेल बद्रिनाथ, गौशालामा आयोजना हुने भएको हो ।

बागमती प्रदेश सहकारी अभियानको महत्वपूर्ण केन्द्र भएकाले यो कार्यक्रमलाई विशेष रुपमा हेरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा आयोजना हुने सो कार्यक्रममा सहकारी सुशासन प्रबर्द्धनमा सरोकारवालाको भूमिका स्पष्ट पार्ने र प्रदेशभित्रका चुनौतीहरूको समाधान खोज्ने मुख्य उद्देश्य रहेको महासंघका अध्यक्ष ओमदेवी मल्लले बताएकी छिन् ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलराम अधिकारीले विशेष सम्बोधन गर्ने जनाईएको छ । सहकारी अभियानलाई नजिकबाट नियालेका पूर्व अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. युवराज खतिवडा प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन् ।

राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारी अभियान र यसको पछिल्लो चुनौतीका विषयमा आफ्नो विचार प्रस्तुत गर्नेछिन् । त्यस्तै, सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले ‘सहकारी सुशासन प्रवद्र्धनः सरोकारवाला निकायहरूको भूमिका’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सहकारीका वर्तमान समस्या र समाधानका उपायहरूमाथि केन्द्रित प्यानल छलफल कार्यक्रमको अर्को मुख्य आकर्षणका रुपमा रहेको छ ।

प्यानल सदस्यहरू राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य सचिव डा. खगराज शर्मा,बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका रजिष्ट्रार राजन पोखरेल, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, काठमाडौं महानगरपालिका सहकारी शाखा प्रमुख नमराज ढकाल छन् । कार्यक्रमको मोडरेटरमा महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा छिन् ।

देशभरका सहकारी संस्थाहरूको ३५ प्रतिशत यस प्रदेशमा रहेको छ । २७ लाखभन्दा बढी सहकारी सदस्य बागमती प्रदेशमा छन् । कुल सेयर पुँजीको ५४.६४ प्रतिशत, बचतको ४५ प्रतिशत र कर्जा पोर्टफोलियोको ४६ प्रतिशत बागमती प्रदेशका सहकारी संस्थाहरूले ओगटेका छन् ।

सहकारी क्षेत्रमा सुशासन प्रवद्र्धन र नयाँ दिशानिर्देशन प्राप्त गर्न यो कार्यक्रम महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register