सोमबार ५१.३७ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ। सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ५१.३७ अंकले घटेर २६३०.९१ बिन्दुमा पुगेको छ । नेप्सेमा  कुल ३ सय ४ कम्पनीको १ करोड २७ लाख ४५ हजार ७ सय ७७ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ९३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन […]

Dec 16, 2024 - 09:31
 0
सोमबार ५१.३७ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ। सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ५१.३७ अंकले घटेर २६३०.९१ बिन्दुमा पुगेको छ ।

नेप्सेमा  कुल ३ सय ४ कम्पनीको १ करोड २७ लाख ४५ हजार ७ सय ७७ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ९३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको २६ करोड ४५ लाख ९० हजार ३ सय ३० रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, सोमबारको बजारमा कुथेली बुखारी स्माल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

यता, जानकी फाइनान्सका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register