दाङकोबाट नक्कली नोटसहित चार जना पक्राउ, कसरी चिन्ने सक्कली र नक्कली नोट ?

काठमाडौं । दाङको तुल्सीपुरबाट नक्कली नोटसहित चार जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीको टोलीले तुल्सीपुर उपमहानगरपालिका-९ बेलुवाबाट नेपाली एक हजार दरका १२ थान नक्कली नोटसहित उक्त व्यक्तिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा तुल्सीपुर उपमहानगरपालिका-१० राइसल्यान बस्ने ३० वर्षीय राम मनी चौधरी, सोही उपमहानगरपालिका वडा नम्बर ८ बस्ने १७ वर्षीय […]

Nov 15, 2024 - 06:59
 0
दाङकोबाट नक्कली नोटसहित चार जना पक्राउ, कसरी चिन्ने सक्कली र नक्कली नोट ?

काठमाडौं । दाङको तुल्सीपुरबाट नक्कली नोटसहित चार जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीको टोलीले तुल्सीपुर उपमहानगरपालिका-९ बेलुवाबाट नेपाली एक हजार दरका १२ थान नक्कली नोटसहित उक्त व्यक्तिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तुल्सीपुर उपमहानगरपालिका-१० राइसल्यान बस्ने ३० वर्षीय राम मनी चौधरी, सोही उपमहानगरपालिका वडा नम्बर ८ बस्ने १७ वर्षीय किशोर, वडा नम्बर ९ दोघरे बस्ने १९ वर्षीय धनबहादुर खत्री र शान्तिनगर गाउँपालिका-४ घर भई तुल्सीपुर उपमहानगरपालिका-९ बेलुवा बस्ने १७ वर्षीय किशोर रहेका छन्।

सो व्यक्तिहरुले केही सातादेखि हजारको नक्कली नोट दिएर सय रुपैयाँको रिचार्जकार्ड किनेर नौ सय रुपैयाँ  सक्कली पैसा लिने गरेका थिए। यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

कसरी चिन्ने नक्कली नोट ?

नक्कली नोट र सक्कली नोटमा धेरै फरक हुने भएकाले छुट्याउन धेरै गाह्रो हुँदैन । सक्कली नोट खस्रो हुन्छ । साथै अंकहरुसमेत केही उठेका हुन्छन् । छाम्दाखेरी चिल्लो छ र अंकहरु उठेका छैनन् भने त्यो नोट नक्कली हो। सक्कली नोटको बीच भागमा सुरक्षा धागो हुन्छ । नोटलाई उज्यालोतिर फर्काएर हेरेमा नेपाल राष्ट्र बैंक लेखिएको पढ्न सकिन्छ ।

नक्कली नोटमा राखिएको सुरक्षा धागोले नोटका अक्षरहरु छोपिएका हुन्छन् ।नक्कली नोटका कारोबारीहरुलाई ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने मुलुकी अपराध संहिताको दफा २५६ मा व्यवस्था छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register