घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

झापा, ३० मंसिर । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य यथावत् राखिएको छ । समायोजित मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको छ भने डिजेल र [...] The post घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य appeared first on Jhapa Online.

Dec 15, 2024 - 15:08
 0
घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

झापा, ३० मंसिर । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य यथावत् राखिएको छ । समायोजित मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँले घटेको छ । योसँगै अब काठमाडौँ, पोखरा र दीपायल डिपो अन्तर्गतका पेट्रोल पम्पमा पेट्रोल हाल्दा प्रतिलिटर १६२ रुपैयाँ तिर्नुपर्छ । यी क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य १५१ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, सुर्खेत र दाङ डिपो अन्तर्गतको क्षेत्रमा पेट्रोल १६१ रुपैयाँ र डिजेल तथा मट्टितेल १५० रुपैयाँ कायम भएको छ । बाँकी क्षेत्रमा पेट्रोल १५९.५० रुपैयाँ र डिजेल मट्टितेल १४८.५० रुपैयाँ पर्ने नेपाल आयल निगमले जनाएको छ ।

The post घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register