शिवसताक्षीमा हर्षोल्लासका साथ मनाइयो चासोक तङ्नाम

सरोज भट्टराईशिवसताक्षी, ३० मंसिर । झापाको शिवसताक्षीमा कोशी प्रदेश कै ठूलो चासोक तङ्नाम (न्वागी पर्व) धूमधामसँग मनाइएको छ । लिम्बू समुदायले आफ्नो महान् पर्वका रूपमा यो पर्व मनाएका हुन् । किराँत लिम्बू समुदायले विविध मौलिक सांस्कृतिक गतिविधिसहित चासोक तङ्नाम मनाएका छन् । नयाँ अन्नबाली भित्र्याउने र उपभोग गर्न (खान थाल्ने) सुरु गर्ने समयको रूपमा चासोक [...] The post शिवसताक्षीमा हर्षोल्लासका साथ मनाइयो चासोक तङ्नाम appeared first on Jhapa Online.

Dec 15, 2024 - 14:20
 0
शिवसताक्षीमा हर्षोल्लासका साथ मनाइयो चासोक तङ्नाम

सरोज भट्टराई
शिवसताक्षी, ३० मंसिर ।
झापाको शिवसताक्षीमा कोशी प्रदेश कै ठूलो चासोक तङ्नाम (न्वागी पर्व) धूमधामसँग मनाइएको छ । लिम्बू समुदायले आफ्नो महान् पर्वका रूपमा यो पर्व मनाएका हुन् ।

किराँत लिम्बू समुदायले विविध मौलिक सांस्कृतिक गतिविधिसहित चासोक तङ्नाम मनाएका छन् । नयाँ अन्नबाली भित्र्याउने र उपभोग गर्न (खान थाल्ने) सुरु गर्ने समयको रूपमा चासोक तङ्नाम मनाएको लिम्बू समुदायले जनाएका छन् । लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ चाड वा पर्व हुन्छ ।

महान् चाड चासोक तङ्नाम पूर्वको १४ जिल्लाका लिम्बू समुदायले नयाँ बाली भित्र्याएको खुसीयालीमा चासोक तङ्नाम धूमधामसँग मनाएका छन् । झापा शिवसताक्षीको दूधेमा इलाम, पाँचथर, मोरङ्ग, झापा, सुनसरी लगायत जिल्लाबाट चासोक तङ्नाम मनाउन लिम्बु समुदायका मानिसहरु मौलिक भेषभुषासहित आएको आयोजक याक्थुङ चुम्लुङका अध्यक्ष विरबल जवेगुले जानकारी दिए । चासोकमामा दूधे स्थित नगर स्तरीय रंगशाला भरिभाराउ देखिएको छ ।

चासोक तङ्नामको आज संघीय सांसद एलपी साँवा लिम्बुले उद्घाटन गरेका छन् । उद्घाटनका क्रममा सांसद साँवाले लिम्बु समुदायको मौलिका पर्वको रुपमा मानिदै आएको चासोक तङनाम पर्व पहिले घर घरमा मनाउने गरेको बताए । आफ्नो भाषा, संस्कृतिको विकास गर्ने क्रममा यसलाई सामाजिकरण गर्दै घर बाहिर सामुहिक रुपमा मनाउन थालिएपछि शिवसताक्षीमा यो पर्व साझा पर्वको रुपमा मनाउन थालिएको उनले बताए । सबै भाषा, धर्म र संस्कृति मान्ने मानिसहरु पनि चासोक पर्वमा उपस्थित भएर आफ्नो सहभागिता जनाउनु भएको छ । त्यसैले यसलाई साझा पर्वको रुपमा मान्नु पर्छ ।

कार्यक्रममा लिम्बूले समुदायका नागरिकले आफ्नो मौलिक भेसभुसा र पहिरन लगाएर सहभागी भएका थिए भने अन्य समुदायका नागरिक समेत चासोक तङ्नाममा सहभागी थिए । याःलाङ (धान नाच), केःलाङ (च्याब्रुङ नाच), हाक्पारे, ख्याली (मौलिक गीत) जस्ता लिम्बूको संस्कार–संस्कृतिमा आधारित सांस्कृतिक प्रस्तुतिसहित चासोक तङ्नाम मनाएको चासोक पर्व मेला संयोजक अग्नी राईले जानकारी दिए ।

कार्यक्रममा नेपाल कै ठूलो धाननाच समेत गरिएको छ । रंगशालाको ठूलो क्षेत्रफलमा तीन ओटा घेरा बनाई धान नचाइएको आयोजकले जनाएको छ । चासोक तङ्नामकै अवसर पारेर शिवसताक्षी निवासी यसै नगर भित्रबाटै अध्ययन सुरु गरी डाक्टर बन्नु भई देशका विभिन्न स्थानहरुमा स्वास्थ्य सेवा प्रवाह गरिहेका ५ जनालाई सम्मान गरिएको छ । लिम्बु समुदायबाट डाक्टर बन्न सफल डा. दिनेश नाल्बो, डा. मदन नेम्वाङ्ग, डा. सम्भुसेन तुम्बापो, डा. खुस्बु आङ्दाम्बे, डा. यागेश चेम्जोङलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

चासोक तङ्नाममा मौलिक खेल धनुषकाड, छेलो लगायतका खेलहरु खेलाइएको छ । चासोक तङनाम सहितको मेलामा विभिन्न जातिय भेषभुषा, जातिय खानाको परिकार, लिम्बु जातिको संस्कृति जोडिएका सामाग्रीहरुको प्रदर्शन तथा विक्री वितरण गरिएको थियो ।

चासोकमा राष्ट्रिय कलाकार दिपक लिम्बु, सुनिता थेगिम, सञ्चारकर्मी विश्व लिम्बु, पूर्व मिस नेपाल माल्बिका सुब्बाले आफ्नो कला प्रदेशन गरेका छन् । कार्यक्रमम शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्रा, वडाध्यक्ष सन्त फेउदिन, नेपाली कांग्रेसका जिल्ला सभापति देउमान थेवे, नेकपा माओवादी केन्द्रका अध्यक्ष महेन्द्र भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

चासोक तङनामको औपचारिक कार्यक्रम समापन भएपनि आज राती १० बजेसम्म सांस्कृति कार्यक्रमहरु सञ्चालन गरिने बताइएको छ । कार्यक्रमको सञ्चालन सूर्य प्रकाश योङयाले गरेका थिए ।

The post शिवसताक्षीमा हर्षोल्लासका साथ मनाइयो चासोक तङ्नाम appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register