छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएका छ । रूपन्देही सैनामैना नगरपालिका-९ स्थित सडकमा लु.प्र.०१-००३ प ००६९ नम्बरको स्कुटर र लु.१ ज ४९१५ नम्बरको फोर्स गाडी एकआपसमा ठक्कर खाई शुक्रबार साँझ दुर्घटना हुँदा स्कुटर चालक बुटवल उपमहानगरपालिका-११ कुलचन्द्र पथ बस्ने ५० वर्षीय होम बहादुर छन्तेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका […]

Nov 16, 2024 - 12:04
 0
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएका छ । रूपन्देही सैनामैना नगरपालिका-९ स्थित सडकमा लु.प्र.०१-००३ प ००६९ नम्बरको स्कुटर र लु.१ ज ४९१५ नम्बरको फोर्स गाडी एकआपसमा ठक्कर खाई शुक्रबार साँझ दुर्घटना हुँदा स्कुटर चालक बुटवल उपमहानगरपालिका-११ कुलचन्द्र पथ बस्ने ५० वर्षीय होम बहादुर छन्तेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


झापा, मेचीनगर नगरपालिका-१० टिकापुरस्थित सडकमा चारआलीबाट धुलाबारीतर्फ जाँदै गरेको मे.६ प ३१७९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूषको शुक्रबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।


बागलुङ, ताराखोला गाउँपालिका-४ हिले खोलास्थित सडकमा दोगाडिबाट तिनचुलीतर्फ जाँदै गरेको ग.९ प ९०१५ नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार सोही गाउँपालिका-५ रानिबास बस्ने १९ वर्षीया करिस्मा घर्तीको मृत्यु भएको छ । शुक्रबार बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको धौलागीरी अस्पताल बागलुङ हुँदै मणिपाल अस्पताल पोखरामा थप उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१० आदर्शनगरस्थित सडकमा जमुनाहबाट नेपालगंजतर्फ आउँदै गरेको युपि ४३ एजेड ६४६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-२ घरबारी टोल बस्ने ४० वर्षीय कुमार श्रीवास्तवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।


नवलपरासी पूर्व, बुलिङटार गाउँपालिका-२ भाङबारीस्थित सडकमा बुलिङटारबाट गैँडाकोटतर्फ जाँदै गरेको ना-२७ प २४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक तनहुँ देवघाट गाउँपालिका-२ नरम बस्ने २१ वर्षीय विकाश थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो ।
भक्तपुर चाँगुनारायण नगरपालिका-५ पिखेलस्थित सडकमा चाँगुनारायणबाट डेकोचातर्फ आउँदै गरेको ना.२ त ९३४० नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ४५ वर्षीय हरी गोबिन्द सुवालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पताल हुँदै अन्नपुर्ण न्यूरो अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार ५ जना मध्ये १ जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ भने अन्य ४ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register