रवि लामिछानेविरुद्ध शुक्रबार मुद्दा दायर हुने, आइतबारदेखि थुनछेक बहस

सरकारी वकिल कार्यालयका एक अधिकारीले भने, ‘हिजो आएको प्रतिवेदन अध्ययनकै क्रममा छौँ । ढिलोमा बिहीबारसम्म अध्ययन सक्छौँ । शुक्रबार अदालतमा अभियोजन गर्छौँ । आइतबारदेखि थुनछेक बहस सुरु हुनेछ ।’

Dec 17, 2024 - 10:39
 0
रवि लामिछानेविरुद्ध शुक्रबार मुद्दा दायर हुने, आइतबारदेखि थुनछेक बहस

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध एवं सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अभियोगपत्र शुक्रबार अदालतमा दर्ता गर्ने भएको छ ।

मंगलबार थप चार दिन हिरासतमा राख्न अनुमति पाएपछि प्रहरीबाट आएको राय प्रतिवेदनलाई अध्ययन गरेर शुक्रबारभित्रै अभियोजन गर्ने सरकारी वकिल कार्यालयले जनाएको छ ।

गत कात्तिक २ मा काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएका लामिछानेलाई अहिले आठौँ पटक म्याद थपिएको छ । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी भने ६ असोजमा पक्राउ परेका थिए ।

जोशीसँगै रविको पनि म्याद मिलान गरिएका कारण ५ गते (शुक्रबार)भित्र अभियोगपत्र दायर गरिसक्नुपर्ने छ ।

शनिबार बिदा परेको कारण थुनछेक बहस भने आइतबारदेखि सुरु हुनसक्ने बताइएको छ ।

सरकारी वकिल कार्यालयका एक अधिकारीले भने, ‘हिजो आएको प्रतिवेदन अध्ययनकै क्रममा छौँ । ढिलोमा बिहीबारसम्म अध्ययन सक्छौँ । शुक्रबार अदालतमा अभियोजन गर्छौँ । आइतबारदेखि थुनछेक बहस सुरु हुनेछ ।’

प्रहरीले अनुसन्धान थालेको ९० दिनभित्र मुद्दा दायर गरिसक्नुपर्ने कानूनी प्रावधान छ । लामिछाने जोडिएकै कसूरमा आरोपित गोर्खा मिडियाका अर्का सञ्चालक छवि पक्राउ परेको असोज ६ गतेबाटै उक्त अवधि गणना हुने कानूनी प्रावधान छ ।

सोहीअनुसार ९० दिनमै अभियोजन हुन लागेको हो । प्रहरीले जोशीसहित जीबी ग्रुपका अन्य कर्मचारी एवं सहकारीसँग जोडिएका व्यक्तिहरूलाई समेत मुद्दा चलाउन सिफारिस गरेको छ ।

कास्की प्रहरीले सोमबार लामिछानेसहित ५१ जनालाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।

सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्तिदेवी शर्माले भने प्रतिवेदन अध्ययन भइरहेको बताइन् ।

उनले भनिन्, ‘हिजो मात्र प्रहरीबाट प्रतिवेदन आएको छ । अध्ययनको क्रममा छौँ । धेरै प्रतिवादी छन् । बयान र कागजात धेरै पृष्ठका छन् । अध्ययन गर्न समय लाग्छ । प्रतिवेदनको अध्ययन र विश्लेषण गरेपछि निर्णयमा पुग्नेछौँ ।’

प्रहरीको प्रतिवेदनमा एक अर्ब ५१ करोड रुपैयाँ बिगो माग दाबी गर्न सुझाव दिइएको छ । सूर्यदर्शन सहकारीको रकम हिनामिनासम्बन्धी अनुसन्धानमा कास्की प्रहरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि सघाएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register