मंगलबार झिनो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक २.९५ अंकले बढेर २६३३.८७ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय १८ कम्पनीको ८९ लाख ३९ हजार ३ सय ४८ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ३४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार […]

Dec 17, 2024 - 09:35
 0
मंगलबार झिनो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक २.९५ अंकले बढेर २६३३.८७ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १८ कम्पनीको ८९ लाख ३९ हजार ३ सय ४८ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ३४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार जानकी फाइनान्सको भएको छ । यस कम्पनीको २२ करोड २४ लाख ३ हजार ९ सय ६४ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, मंगलबारको बजारमा सपोर्ट माइक्रो फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, कुथेली बुखरी स्माल हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register