विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सी रुखमा झुण्ड्याइदिए
काठमाडौं । भक्तपुर बहुमखी क्याम्पसमा नेपाल विद्यार्थी संघले क्याम्पस प्रमुखको कुर्सी रुखमा झुण्ड्याइदिएका छन्।कनिष्ठलाई प्रमुख नियुक्ति गरेको भन्दै नेविसंघले तालावन्दी गर्दै क्याम्पस प्रमुखको कुर्सी रुखमा झुण्ड्याएका हुन् ।क्याम्पसका केही प्राध्यापकहरु समेत जुनियरलाई प्रमुख बनाइएको भन्दै विरोधमा उत्रिएका थिए ।
वरिष्ठ प्राध्यापकहरु मध्येबाट क्याम्पस प्रमुख नियुक्ति गर्ने प्रावधानलाई लत्याउँदै विश्वविद्यालयले कविता लुइँटेललाई जेठ २१ गते क्याम्पस प्रमुखमा नियुक्ति गरेको थियो।
नियम मिचेर गरिएको नियुक्ति सच्याउन माग गर्दै संघले क्याम्पस प्रमुख, लेखा शाखा र प्रसाशनमा विद्यार्थीहरुले तालावन्दी गरेका छन् ।
What's Your Reaction?