डाबर नेपाल बन्यो निर्यात कारोबार गर्नेमध्ये सबैभन्दा बढी कर तिर्ने कम्पनी

काठमाडौं । डाबर नेपाल प्रालि निर्यात कारोबार गर्नेमध्ये सबैभन्दा बढी कर तिर्ने कम्पनी बनेको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा क्षेत्रगत रुपमा धेरै कर बुझाउने करदाताहरूलाई सम्मान गर्दै आएकोमा डाबर नेपालले निर्यात कारोबारमा अग्रणी भएर सम्मान प्राप्त गरेको छ । यो वर्ष पनि आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने निर्यात कारोबारीका रुपमा […]

Nov 17, 2024 - 04:35
 0
डाबर नेपाल बन्यो निर्यात कारोबार गर्नेमध्ये सबैभन्दा बढी कर तिर्ने कम्पनी

काठमाडौं । डाबर नेपाल प्रालि निर्यात कारोबार गर्नेमध्ये सबैभन्दा बढी कर तिर्ने कम्पनी बनेको छ ।

सरकारले राष्ट्रिय कर दिवसको अवसरमा क्षेत्रगत रुपमा धेरै कर बुझाउने करदाताहरूलाई सम्मान गर्दै आएकोमा डाबर नेपालले निर्यात कारोबारमा अग्रणी भएर सम्मान प्राप्त गरेको छ ।

यो वर्ष पनि आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने निर्यात कारोबारीका रुपमा डाबर नेपाललाई प्रमाणपत्रसहित सम्मान गरिएको हो ।

शनिबार आन्तरिक राजस्व विभागमा भएको कार्यक्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डाबर नेपाललाई पुरस्कृत गरेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register