२०८४ सम्म सत्ता साझेदार दुईदलीय सहकार्य जारी राख्नुपर्ने

बिर्तामोड, २ पुस । नेपाली कांग्रेस कोशी प्रदेश समितिका सभापति उद्धव थापाले २०८४ सम्म सत्ता साझेदार दुईदलीय सहकार्य जारी राख्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस झापाको आयोजनामा सम्पन्न पदाधिकारी, क्षेत्रीय सभापति, गाउँ÷नगर समितिका सभापतिहरुको जिल्ला पार्टी कार्यालयमा आयोजित संयुक्त बैठकलाई सम्बोधन गर्दै नेता थापाले वर्तमान सरकार असफल भए देशका ठूला दल असफल हुने बताउँदै दुईदलीय [...] The post २०८४ सम्म सत्ता साझेदार दुईदलीय सहकार्य जारी राख्नुपर्ने appeared first on Jhapa Online.

Dec 17, 2024 - 15:20
 0
२०८४ सम्म सत्ता साझेदार दुईदलीय सहकार्य जारी राख्नुपर्ने

बिर्तामोड, २ पुस । नेपाली कांग्रेस कोशी प्रदेश समितिका सभापति उद्धव थापाले २०८४ सम्म सत्ता साझेदार दुईदलीय सहकार्य जारी राख्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस झापाको आयोजनामा सम्पन्न पदाधिकारी, क्षेत्रीय सभापति, गाउँ÷नगर समितिका सभापतिहरुको जिल्ला पार्टी कार्यालयमा आयोजित संयुक्त बैठकलाई सम्बोधन गर्दै नेता थापाले वर्तमान सरकार असफल भए देशका ठूला दल असफल हुने बताउँदै दुईदलीय स्पिड अनुसार नै कार्य गर्नुपर्ने बताउनुभएको हो ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले स्थानीयदेखि संघीय सरकारसम्मका गतिविधि प्रभावकारी बनाउन ‘सत्ता साझेदार दल राजनीतिक संयन्त्र’ बनेको बताउँदै स्थानीय तहमा विधानतः दुईदलका पार्टी सभापति, निर्वाचित जनप्रतिनिधि एवं दुई दलले सिफारिस गरेका दुइ–दुईजना सदस्य रहने ब्यवस्था रहेको जानकारी दिनुभयो ।

सभापति थेवेको सभापतित्वमा सम्बन्न बैठकले आगामी पौष १६ गते विशेष सांगठनिक अभियान समापनसँगै जिल्ला पार्टी कार्यालयमा जिल्लास्तरीय भेला आयोजना गर्ने र पौष २४ गते नेपाली कांग्रेस कोशी प्रदेश समितिको आयोजनामा कचनकबल–सगरमाथा जागरण यात्रा केचनास्तम्भमा आयोजना गर्ने निर्णय गरेको सचिव नवीन विमलीले जानकारी दिनुभयो । यसको पूर्वतयारीका लागि झापाका पाँचवटै क्षेत्रमा पौष १८ गतेदेखि २० गतेसम्म क्षेत्रस्तरीय बैठक सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ ।

यसैबीच जिल्ला सहकारी संघको नजिकिएको निर्वाचनलाई लक्षित गरी आगामी पौष १३ गते सहकारी समन्वय समितिको भेला जिल्ला पार्टी कार्यालयमा गर्ने निर्णय बैठकले गरेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।

बैठकले नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं तत्कालीन काठमाडौं नगरपालिकाका मेयर प्रेमलाल ९पि।एल।० सिंहको निधनप्रति शोक प्रस्ताव पारित गर्दै तीनदिनसम्म जिल्ला पार्टी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय गरेको छ । पि।एल। सिंहको स्मृतिमा एकमिनेट मौनधारण गरिएको बैठकमा अन्य समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो । बैठकमा सहजीकरण सचिव विमलीले गर्नुभएको थियो ।

The post २०८४ सम्म सत्ता साझेदार दुईदलीय सहकार्य जारी राख्नुपर्ने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register