एनपिएल क्वालिफायर र एलिमिनेटर खेल बुधबार

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणका खेलहरु सकिएसँगै प्लेअफको रौनकता बुधबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने पहिलो खेलमा एलिमिनेटरमा स्थान बनाएका एवं लिगको तेस्रो टोली चितवन राइनोज र चौथो टोली कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दिउँसो हुने पहिलो क्वालिफायर (दोस्रो खेल) मा लिगको शीर्षस्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको […]

Dec 17, 2024 - 15:22
 0
एनपिएल क्वालिफायर र एलिमिनेटर खेल बुधबार

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणका खेलहरु सकिएसँगै प्लेअफको रौनकता बुधबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने पहिलो खेलमा एलिमिनेटरमा स्थान बनाएका एवं लिगको तेस्रो टोली चितवन राइनोज र चौथो टोली कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै दिउँसो हुने पहिलो क्वालिफायर (दोस्रो खेल) मा लिगको शीर्षस्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुनेछ । जारी प्रतियोगितामा सुदूरपश्चिम बलिायो देखिएको छ । लिग चरणको सातमध्ये एउटा खेलमा मात्र पराजय भोगेको सुदूरपश्चिको ब्याटिङ र बलिङ लयमा छ ।

यता लिगको सुरुवाती खेलहरुमा चमत्कारपूर्ण प्रदर्शन गरेको जनकपुरको प्रदर्शन पनि क्वालिफायरमा बलियो हुने अपेक्षा गरिएको छ । जनकपुरले लिगको सात खेलमा पाँच जित र दुई हारको नतिजा हासिल गरेको थियो ।

सुदुरपश्चिम र जनकपुरबीचको पहिलो क्वालिफायर खेलको विजेता सोझै फाइनलमा पुग्ने हुनाले बुधबारको खेल निकै महत्वपूर्ण हुनेछ । यस्तै एलिमिनेटर खेलमा चितवन र कर्णालीबिचको खेलमा पराजित टोली बाहिरिनेछ ।

विजेता टोलीले भने पहिलो क्वालिफायरमा पराजित टोलीसँग फाइनल पुग्नका लागि फेरि प्रतिस्पर्धाको अवसर पाउनेछ । क्वालिफायरको पराजित टोली र एलिमिनेटरको विजेताबीच फाइनलमा पुग्न बिहीबार प्रतिस्पर्धा हुनेछ ।

फाइनल खेल शनिबार हुनेछ । उद्घाटन देखिनै हजारौँ नेपाली क्रिकेट दर्शकको साथ पाएको एनपिएलको प्लेअफ चरणका खेलमा दर्शकको चाप झनै बढ्ने देखिएको छ । त्यसैले एनपिएलको प्लेअफ खेलको रौनकता थप चुलिने अपेक्षा गरिएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली खेलकुदमै ठूलो आर्थिक लगानीमा आयोजना गरेको एनपिएल सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिता पनि हो । विभिन्न देशका ४० भन्दाबढी चर्चित खेलाडीको आगमनले थप चर्चा पाएको एनपिएलको विजेता टोलीले एक करोड १० लाख रुपियाँ पुरस्कार पाउनेछ ।

यस्तै उपविजेतालाई ५१ लाख, तेस्रो हुने टोलीलाई २५ लाख र चौथोलाई १५ लाख रुपियाँ पुरस्कार दिने निर्णय क्यानले गरेको छ । एनपिएलको उत्कृष्ट एक नेपाली खेलाडीले करिव ६२ लाख रुपियाँको ‘आमोडा एन्ड जेईको’ कम्पनीको कार पुरस्कार पाउनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register