बैंक पुगेर कम्प्युटर खोलिसकेपछि सार्वजनिक बिदाको निर्णय आउँदा बैंकर रनभुल्ल, काम गर्ने कि नगर्नेमै अलमल !

काठमाडौँ । बैंक पुगेर कम्प्युटर खोलिसकेपछि सरकारले आज (सोमबार) सार्वजनिक बिदा दिने निर्णय गरेपछि बैंकरहरु रनभुल्लमा परेका छन् । सोमबार बिहानसम्म सार्वजनिक बिदा हुने/नहुने भन्नेबारे बैंकरसहित सरकारी कार्यालयकै कर्मचारीलाई पनि कुनै सुइँकोसमेत थिएन । यही कारण अधिकांश बैंकरहरु नियमित तालिका अनुसार सोमबार बिहान कार्यालय पुगे र आफ्नो काममा लागे । तर, सोमबार बिहान बसेको मन्त्रिपरिषद्को […]

Nov 18, 2024 - 04:41
 0
बैंक पुगेर कम्प्युटर खोलिसकेपछि सार्वजनिक बिदाको निर्णय आउँदा बैंकर रनभुल्ल, काम गर्ने कि नगर्नेमै अलमल !

काठमाडौँ । बैंक पुगेर कम्प्युटर खोलिसकेपछि सरकारले आज (सोमबार) सार्वजनिक बिदा दिने निर्णय गरेपछि बैंकरहरु रनभुल्लमा परेका छन् ।

सोमबार बिहानसम्म सार्वजनिक बिदा हुने/नहुने भन्नेबारे बैंकरसहित सरकारी कार्यालयकै कर्मचारीलाई पनि कुनै सुइँकोसमेत थिएन । यही कारण अधिकांश बैंकरहरु नियमित तालिका अनुसार सोमबार बिहान कार्यालय पुगे र आफ्नो काममा लागे ।

तर, सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले एक्कासि आज सार्वंजनिक बिदा दिने निर्णय गरेपछि अफिस पुगेर कम्प्युटर नै खोलिसकेका बैंकरहरु रनभुल्लमा परेका छन् ।

‘बिहानसम्म आज सार्वजनिक बिहान हुन्न भन्ने त कल्पनासमेत थिएन । त्यही भएर अरु दिनजस्तै बिहान अफिस पुगेँ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै एक बैंकरले भने, ‘कम्प्युटर खोलेर काम सुरु गरिसकेपछि सार्वजनिक बिदाको सूचना आयो । अब काम गर्ने कि नगर्ने भन्ने अन्यौलमा परेका छौँ ।’

सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सार्वजनिक बिदा दिने निर्णय गरेपछि कार्यालय पुगेको अधिकांश बैंकका कर्मचारीहरु बैंकमै छन् । केही भने कार्यालय नपुग्दै बिदाको सूचना पाएपछि बाटैबाट फर्किएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register