‘बम बहादुर’मा दार्जिलिङ आसपास क्षेत्रमा बस्ने नेपाली समुदायको विषय

काठमाडौं । आउँदो शुक्रबारदेखि नेपाली चलचित्र ‘बम बहादुर’ प्रदर्शन हुने भएको छ । भारतको दार्जिलिङ र पहाड तथा आसपास क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षका विषयलाई समेटिएको निर्देशक जोन राईले जानकारी दिए । उनका अनुसार सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्याण्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोहअवरोहलाई चलचित्रमार्फत पर्दामा प्रस्तुत गरिएको छ । ‘चलचित्रको योजना गरिएका […]

Dec 19, 2024 - 00:43
 0
‘बम बहादुर’मा दार्जिलिङ आसपास क्षेत्रमा बस्ने नेपाली समुदायको विषय

काठमाडौं । आउँदो शुक्रबारदेखि नेपाली चलचित्र ‘बम बहादुर’ प्रदर्शन हुने भएको छ । भारतको दार्जिलिङ र पहाड तथा आसपास क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षका विषयलाई समेटिएको निर्देशक जोन राईले जानकारी दिए ।

उनका अनुसार सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्याण्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोहअवरोहलाई चलचित्रमार्फत पर्दामा प्रस्तुत गरिएको छ ।

‘चलचित्रको योजना गरिएका विशेष प्रदर्शनी र सार्वजनिक गरिएका प्रचार सामग्रीले हामीलाई उत्साहित बनाएको छ । चलचित्रको मुख्य पात्र बमबहादुरको सङ्घर्षमय जीवनको कथा हो । कथावस्तुसँगै संवाद आकर्षक, मार्मिक र जीवन्त रहेको प्रतिक्रिया पाएका छौँ । सोही कारण हाम्रो चलचित्रको प्रचार दर्शकले गर्नेमा विश्वस्त छौँ,’ उनले भने ।

चलचित्रमा अभिनेता सौगात मल्ल, अभिनेत्री अनिशा रसाइली, अजय प्रधान, प्रशान्त राई, शान्तिला तामाङ, बाल कलाकार वशिष्ट कार्की, प्रभात पाख्रिन, बादल क्षेत्रीलगायतले अभिनय गरेका छन् । अभिनेता मल्लले यस चलचित्रलाई हेर्दा दर्शकले आफ्नो कथा पाउने बताए ।

उनले भने, ‘यो चलचित्रसँग जोडिनुका कारण नै कथा हो । यो सुनेपछि मैले यो भूमिका निर्वाह गर्नुपर्छ भन्ने लागेको थियो । अहिले प्राप्त प्रतिक्रियाले मलाई उत्साहित बनाएको छ । यो एउटा नेपालीले थाहा पाउनु पर्ने कथा हो जस्तो लागेको छ ।’

‘विष्ट ब्रदर्स फिल्म्स’ प्रालिमार्फत यस चलचित्र ‘बम बहादुर’का निर्माता सञ्जीव सार्कीले निर्माण गरेका हुन् । यसमा निर्देशक राई र रुपेश तामाङले कथा र पटकथा, सुजोयकुमार घोष ‘मुन्ना’ले छायाङ्कन र ज्ञान गुरूङले सम्पादन गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register