भ्रष्टाचार मुद्दामा सफाइ पाएका पूर्व मुख्यसचिव अर्यालले दिए राजीनामा

अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा अर्याल संलग्न भएको भन्दै गत असार ९ गते अख्तियार दुरुपयोग असुन्धानमा आयोगमा मुद्दा परेपछि मुख्यसचिव रहेका उनी त्यतिबेला निलम्बनमा परेका थिए । पछि सफाइ पाएका हुन् ।

Nov 18, 2024 - 06:17
 0
भ्रष्टाचार मुद्दामा सफाइ पाएका पूर्व मुख्यसचिव अर्यालले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय योजना आयोगमा मुख्य सचिव सरहको जिम्मेवारी तोकिएका डा. वैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन् ।

उनले आइतबार राजीनामा दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय स्रोतले जनाएको छ ।

अर्यालले केही समय अघि मात्र भ्रष्टाचारको मुद्दामा विशेष अदालतबाट सफाइ पाएका थिए । उनले सरकारसँग छलफलपछि राजीनामा दिएको बताइएको छ ।

अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा अर्याल संलग्न भएको भन्दै गत असार ९ गते अख्तियार दुरुपयोग असुन्धानमा आयोगमा मुद्दा परेपछि मुख्यसचिव रहेका उनी त्यतिबेला निलम्बनमा परेका थिए । पछि सफाइ पाएका हुन् ।

अर्यालको राजीनामा अब बस्ने मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्नेछ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register