साउदीमा १०१ जना विदेशीलाई मृत्युदण्ड, कुन देशका कति ?

काठमाडौं । साउदी अरेबियाले यो वर्ष एक सयभन्दा बढी विदेशी नागरिकलाई मृत्युदण्ड दिएको छ । समाचार एजेन्सी एएफपीको रिपोर्टमा यो दाबी गरिएको हो । हालै लागूऔषध तस्करीको आरोपमा एक यमनी नागरिकलाई मृत्युदण्डको सजाय सुनाइएको छ । एएफपी रिपोर्टअनुसार यो वर्ष अहिलेसम्म साउदीले कुल १०१ विदेशी नागरिकलाई मृत्युदण्ड दिएको छ । यो सन् २०२३ र २०२२ को तथ्यांकभन्दा […]

Nov 18, 2024 - 06:17
 0
साउदीमा १०१ जना विदेशीलाई मृत्युदण्ड, कुन देशका कति ?

काठमाडौं । साउदी अरेबियाले यो वर्ष एक सयभन्दा बढी विदेशी नागरिकलाई मृत्युदण्ड दिएको छ । समाचार एजेन्सी एएफपीको रिपोर्टमा यो दाबी गरिएको हो ।

हालै लागूऔषध तस्करीको आरोपमा एक यमनी नागरिकलाई मृत्युदण्डको सजाय सुनाइएको छ । एएफपी रिपोर्टअनुसार यो वर्ष अहिलेसम्म साउदीले कुल १०१ विदेशी नागरिकलाई मृत्युदण्ड दिएको छ ।

यो सन् २०२३ र २०२२ को तथ्यांकभन्दा तीन गुणा हो । सन् २०२२ र ०२३ मा ३४/३४ जनालाई मात्र मृत्युदण्ड दिइएको थियो ।

एएफपी रिपोर्टका अनुसार यस वर्ष मृत्युदण्डको सजाय सुनाइएका विदेशी नागरिकहरू छन् । जसमा पाकिस्तानका २१, यमनका २०, सिरियाका १४, नाइजेरियाका १०, इजिप्टका नौ, जोर्डनका आठ र इथियोपियाका सात जना छन् ।

यसबाहेक सुडान, भारत र अफगानिस्तानका तीन–तीन जना र श्रीलंका, इरिट्रिया र फिलिपिन्सका एक–एक जना रहेका छन् ।

मानव अधिकारवादी संगठनहरूले साउदीको मृत्युदण्ड सजायको आलोचना गर्दै आएका छन् । सेप्टेम्बरमा एम्नेस्टी इन्टरनेशनलले पनिमृत्युदण्डको सजाय बढेकोमा चिन्ता व्यक्त गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register