‘क्रिसमसको उपहार’ भन्दै ठगी गर्ने गिरोह सक्रिय, झुक्किएर गलत लिंकमा क्लिक गरे रित्तिन सक्छ बैंक खाता !

काठमाडौँ । हरेक डिसेम्बर २५ मा मनाइने क्रिसमसको उपहार भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको छ । फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल प्लेटफर्ममार्फत क्रिसमसको उपहार भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको हो । क्रिसमसको उपहार भन्दै ठगी गर्ने गिरोहले अँग्रेजी नयाँ वर्षको उपहार दिने भन्दै पनि ठगी गर्ने गरेको पाइएको प्रहरीले […]

Dec 19, 2024 - 11:44
 0
‘क्रिसमसको उपहार’ भन्दै ठगी गर्ने गिरोह सक्रिय, झुक्किएर गलत लिंकमा क्लिक गरे रित्तिन सक्छ बैंक खाता !

काठमाडौँ । हरेक डिसेम्बर २५ मा मनाइने क्रिसमसको उपहार भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको छ । फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल प्लेटफर्ममार्फत क्रिसमसको उपहार भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको हो ।

क्रिसमसको उपहार भन्दै ठगी गर्ने गिरोहले अँग्रेजी नयाँ वर्षको उपहार दिने भन्दै पनि ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

यसरी अँग्रेजी नयाँ वर्ष र क्रिसमसको उपहार भन्दै ठगी गर्ने गिरोहले सुरुमा तपाईलाई ‘यो लिंकमा क्लिक गर्नुहोस् र क्रिसमसको उपहार जित्नुहोस्’, ‘यो लिंक सेयर गर्नुहोस् र विजेता बन्नुहोस्’ वा ‘तपाईंले क्रिसमसको अवसरमा उपहार जित्नुभएको छ, उपहार पाउन यहाँ क्लिक गर्नुहोस्’ जस्ता लिंक पठाउँछन् ।

यदी तपाईंले यस्ता लिंकमा क्लिक गर्नुभयो वा लिंक खोल्नुभयो भने ह्याकरले सोही लिंकमार्फत तपाईंको फोनमा भएका सबै डाटामा पहुँच पुर्याउँछ । अन्ततः तपाईंको बैंक खाता नै रित्तिन सक्छ ।

अर्कोतर्फ ह्याकरहरुले अहिले सामाजिक सञ्जालमा क्रिसमसको बम्पर अफर भन्दै एउटा लिंक भाइरल गरिरहेको छ । जुन लिंक तपाईंले जति धेरै सेयर गर्नुभयो त्यति नै धेरै उपहार जित्ने प्रलोभन देखाइरहेको छ । यसरी उक्त लिंक तपाईंले आफ्ना साथिभाई वा आफन्तलाई सेयर गर्नुभयो र झुक्किएर पनि ती लिंक तपाईं वा तपाईंको आफन्तको फोनमा खुल्यो भने त्यसले ठूलो आर्थिक क्षति निम्त्याउन सक्छ ।

त्यस्तै, अहिले एउटा गिरोहले नेपाल टेलिकमले ५ हजार रुपैयाँसम्मको नगर तथा उपहार दिने भन्दै कम्पनीको लागोसमेत दुरुपयोग गरेर सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाइरहेको पाइएको छ । यस्ता सूचनामा कुनै सत्यता नभएको भन्दै नेपाल टेलिकमले सचेत रहन पनि सबैलाई आग्रह गरेको छ ।

पछिल्लो केही समययता सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई लक्षित गरेर अनलाइन ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै प्रहरीले पनि सचेत रहन आग्रह गरेको छ । प्रहरीले सामाजिक सञ्जालमा आउने उपहार वा टूर प्याकेज सम्बन्धी सूचना आए भेरिफाई गर्न, उपहार सम्बन्धी लिंक आए जथाभावि क्लिक वा सेयर नगर्न र विभिन्न बाहनामा कोड माग्नेहरुसँग सचेत रहन आग्रह गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register