इरानका सर्वोच्च नेता खामेनी ‘कोमा’मा छन् ?

काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको विषयमा पछिल्ला दिनहरुमा विभिन्न समाचार आइरहेका छन् । उनको स्वास्थ्यमा गम्भीर समस्या आएकोसमेत अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । साराजेभो टाइम्सले खामेनी कोमामा रहेको समाचार सार्वजनिक गरेको छ । समाचारकाअनुसार उनको स्वास्थ्य अत्यन्तै गम्भीर रहेकोले उनको राजगद्दी त्यागेको अनुमान छ । मिडिया स्रोतकाअनुसार खामेनीले सेप्टेम्बरको अन्त्यमा गोप्य रूपमा तेहरानमा […]

Nov 18, 2024 - 08:11
 0
इरानका सर्वोच्च नेता खामेनी ‘कोमा’मा छन् ?

काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको विषयमा पछिल्ला दिनहरुमा विभिन्न समाचार आइरहेका छन् ।

उनको स्वास्थ्यमा गम्भीर समस्या आएकोसमेत अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । साराजेभो टाइम्सले खामेनी कोमामा रहेको समाचार सार्वजनिक गरेको छ ।

समाचारकाअनुसार उनको स्वास्थ्य अत्यन्तै गम्भीर रहेकोले उनको राजगद्दी त्यागेको अनुमान छ ।

मिडिया स्रोतकाअनुसार खामेनीले सेप्टेम्बरको अन्त्यमा गोप्य रूपमा तेहरानमा आफ्नो उत्तराधिकारी छानेका थिए । उनले आफ्नो मृत्यु अघि नै पद त्याग गरिसकेकोसमेत समाचार बाहिर आएका छन् ।

न्यूओर्क टाइम्सलगायतका मिडियाले खामेनी गम्भीर रूपमा बिरामी रहेको र गोप्य रूपमा आफ्ना छोरा मोजताबालाई इरानी शासनको उत्तराधिकारी दिएको समाचार छापेका छन् ।

यसबीच खामेनी कहाँ छन् ? के उनी कोमामा छन् ? कि उनको मृत्यु भइसक्यो ? यी त्यस्ता केही प्रश्नहरू हुन्, जसको जवाफ आधिकारिक रुपमा बाहिरिएको छैन ।

सामाजिक सञ्जालमा धेरै पोस्टमा उनलाई विष खुवाइएको दाबी पनि गरिएको छ । जसका कारण उनको मृत्यु नै भएको भनेर पनि भनिएको छ । केही पोस्टमा उनी कोमामा गएको बताइएको छ । यसैबीच खामेनीको एक्स ह्यान्डलबाट एउटा पोस्ट आएको छ, जसमा उनले इरानी राजदूतसँग भेट गरेको देखाइएको छ ।

पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा खामेनीका बारेमा धेरै अपुष्ट जानकारीहरू सेयर भइरहेका छन् । खामेनीले आफ्ना छोरा मोजताबा खामेनीलाई आफ्नो उत्तराधिकारी नियुक्त गरेको खबर पनि छापिएको थियो ।

खामेनी अहिले ८५ वर्षका भइसकेका छन् । उनी सन् १९८९ देखि इरानको सर्वोच्च नेता छन् । यसअघि सन् १९७९ मा इरानमा इस्लामिक क्रान्ति भएको थियो ।

उनी त्यो क्रान्तिको नेता थिए । त्यसयता इरानको बागडोर निरन्तर उनको हातमा रहेको छ । उनको शासनकालमा इजरायल र अमेरिकासँगको इरानको सम्बन्ध इतिहासकै सबैभन्दा खराब अवस्थामा पुगेको छ ।

के हो बैठकको सत्यता ?

खामेनीको एक्स अकाउन्टमा पोस्ट गरिएको फोटोमा उनी लेबनानका लागि इरानका राजदूत मोजताब अमानीसँग देखिएका छन् । यद्यपि यो फोटो कहिले खिचिएको हो ? यसको पुष्टि भएको छैन ।

‘इस्लामिक क्रान्तिका नेता अयातोल्लाह खामेनीले आज दिउँसो वरिष्ठ राजदूत अमानीलाई भेट्नुभयो, उहाँले आफ्नो दैनिक भेटघाटको बीचमा उहाँसँग भेट्नु भएको हो ।’ एक्समा लेखिएको छ ।

हालै लेबनानमा पेजर हमलामा करिब ३ हजार व्यक्ति घाइते भएका थिए । घाइते हुनेमा राजदूत अमानी पनि एक थिए । पछि इजरायलले यी आक्रमणको जिम्मेवारी लिएको थियो । यस आक्रमणमा ३९ जनाको मृत्यु भएको थियो ।

को हुन् मोजताबा ?

मोजताबा खामेनीका कान्छो छोरा हुन् । उनले सन् १९८७ देखि १९८८ सम्म इरान–इराक युद्धमा भाग लिएका थिए ।

मोजताबाको जन्म सन् १९६९ मा मशहदमा भएको थियो । उनले स्नातकपछि धर्मशास्त्र अध्ययन गरेका थिए । यसपछि सन् १९९९ मा उनले कोममा पढेर मौलवी बनेका थिए ।

आफ्नो बुबा जस्तै उनी इस्लामिक मामिलामा जानकार छन् । सन् २००९ मा उनी इरानमा जारी विरोध प्रदर्शनलाई कडा दमनका कारण पहिलो पटक चर्चामा आएका थिए । यस प्रदर्शनमा धेरै मानिस मारिएका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register