पर्यटन क्षेत्रबाट धेरै कर तिर्ने तारागाउँ रिजेन्सी सम्मानित

काठमाडौँ । आर्थिक वर्ष २०७९/८०मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने काठमाडौँ बौद्धस्थित अन्तर्राष्ट्रिय चेन हायातको व्यवस्थापनमा सञ्चालित तारागाउँ रिजेन्सी होटल्स लिमिटेड सम्मानित भएको छ । काठमाडौँको बौद्धस्थित ३०३ कोठाको नेपालकै सबैभन्दा ठूलो उक्त होटललाई आन्तरिक राजस्व विभागले उत्कृष्ठ करदाताको रुपमा सम्मान गरेको हो । होटल यसअघि पनि पर्यटनतर्फ सबैभन्दा बढी कर तिर्नेमा कम्पनीका रुपमा […]

Nov 18, 2024 - 08:11
 0
पर्यटन क्षेत्रबाट धेरै कर तिर्ने तारागाउँ रिजेन्सी सम्मानित

काठमाडौँ । आर्थिक वर्ष २०७९/८०मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने काठमाडौँ बौद्धस्थित अन्तर्राष्ट्रिय चेन हायातको व्यवस्थापनमा सञ्चालित तारागाउँ रिजेन्सी होटल्स लिमिटेड सम्मानित भएको छ ।

काठमाडौँको बौद्धस्थित ३०३ कोठाको नेपालकै सबैभन्दा ठूलो उक्त होटललाई आन्तरिक राजस्व विभागले उत्कृष्ठ करदाताको रुपमा सम्मान गरेको हो । होटल यसअघि पनि पर्यटनतर्फ सबैभन्दा बढी कर तिर्नेमा कम्पनीका रुपमा पटक-पटक सम्मानित भइसकेको छ ।

नेपाली कला र शैली झल्काउने गरी तारागाउँ कल्चरल सेन्टरको अवधारणामा निर्माण गरिएको यस होटलले दुई दशकभन्दा लामो समयदेखि नेपालको पर्यटन क्षेत्रमा ‘हाइ इन्ड’ पर्यटकमार्फत महत्वपूर्ण योगदान पुर्‍याइरहेको र करिब ३२५ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको कर्पोरेट प्रेसिडेन्ट रानी ब्याङले बताइन् ।

दश बर्षे द्वन्द्व सुरु हुनुभन्दा अघि परिकल्पना गरी निर्माण सुरु भएको होटल द्वन्द्व चरम उत्कर्षमा रहेको समयमा सन् २००० बाट सञ्चालनमा आएको थियो ।

अप्ठ्यारो राजनीतिक र आर्थिक परिस्थितिबीच होटलको सञ्चालन केही वर्ष घाटामै रहेको र मुलुकमा शान्ति स्थापना भएपछि छोटो समयमा नाफामा जान सक्षम भएको हो ।

होटलले यसअघि आर्थिक वर्ष २०७१/७२,२०७३/७४, २०७४/७५ , २०७५/७६ र २०७६/७७ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने कम्पनीमा सम्मानित भइसकेको छ । साथै होटललाई नेपाल सरकारले पर्यटन क्षेत्रमा सबैभन्दा धेरै विदेशी मुद्रा संकलन गरेवापत विसं २०७६ मा सम्मानित गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register