स्वदेश स्वतन्त्र तबला बादन प्रतियोगिता ।

Dec 20, 2024 - 12:32
Dec 20, 2024 - 13:00
 0
स्वदेश स्वतन्त्र तबला बादन प्रतियोगिता ।

पौष ५, काठमाडौं । स्वर्गीय स्वदेश सेढाईको २८ औं जन्म जयन्तिको अवसरमा अच्युतराम भण्डारी संगीत प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीविच आज प्रतिष्ठानमा स्वतन्त्र तबला बादन प्रतियोगिता आयोजना गरिएको छ । 


सो प्रतियोगितामा जम्मा ९ जना विद्यार्थी  क्रमश ः सुजल राजथला, देवाशु ढकाल, प्रनिश भक्त उप्रेती, भूमि प्रसाद शर्मा, सौगात बजगाँई, मौसम थपलिया, शुसिल पराजुली, ऋषि प्रसाद रिजाल र सत्कार थापाले भाग लिएका  थिए । स्वतन्त्र तबला बादनका तीनजना विजयी विद्यार्थीहरुको नामावली स्वदेश सेढाईको जन्म दिन आगामी पौष ९ गते मंगलबार, अच्युतराम भण्डारी प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा घोषणा गरिने स्वदेश फाउण्डेशन नेपालले जनाएको छ । 


आजको स्वतन्त्र तबला बादन प्रतियोगिताको निणर्ायकमा पद्यकन्या क्याम्पसका प्राध्यापक शान्ति बहादुर रायमाझी रहनु भएको थियो । 


स्वर्गीय स्वदेश सेढाईले बााल्ककालको शुरवातमा पहिला तबलाको  शिक्षा  तबला गुरु पं अच्युतराम भण्डारीसंग लिएका थिए । स्वदेश सेढाईको २२ वर्षको अल्पायुमै अष्ट्रेलियामा कम्युटर इन्जिनियर विषयमा अध्ययनकै क्रममा निधन भए पछि उहाँको परिवारले स्वदेशको नाममा वि.स.२०७७ साउनमा स्वदेश फाउण्डेशन नेपाल नामक संस्था  जिल्ला प्रशासन काठमाडौंमा दर्ता गराएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Kishor Sedai Education: M.A. History Occupation: Journalism Interests: Singing, Tabla playing, Writing, Traveling, Social service. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register