७० रुपैयाँले घट्यो मंगलबार अनारको मूल्य, अन्य तरकारी तथा फलफूलको भाउ कति ?

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज अनारको मूल्य घटेको छ । अनारको मूल्य ७० रुपैयाँले घटेर प्रतिकेजी न्यूनतम ३८० रुपैयाँमा कारोबार भइरहेको छ । भारतीय ठुलो गोलभेडा ९० रुपैयाँ, लोकल सानो गोलभेडा  ६० रुपैयाँ, सानो गोलभेडा […]

Nov 19, 2024 - 05:55
 0
७० रुपैयाँले घट्यो मंगलबार अनारको मूल्य, अन्य तरकारी तथा फलफूलको भाउ कति ?

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज अनारको मूल्य घटेको छ । अनारको मूल्य ७० रुपैयाँले घटेर प्रतिकेजी न्यूनतम ३८० रुपैयाँमा कारोबार भइरहेको छ ।

भारतीय ठुलो गोलभेडा ९० रुपैयाँ, लोकल सानो गोलभेडा  ६० रुपैयाँ, सानो गोलभेडा (टनेल) ७० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ७० रुपैयाँ र भारतीय रातो आलु ६५ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, लोकल गाजर १४० रुपैयाँ, तराई गाजर १३० रुपैयाँ, बन्दा लोकल ७० रुपैयाँ, बन्दा तराई ५० रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ, रातो मुला ४०, सेतो मुला लोकल ३० रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ६०, तने बोडी १४०, मकै बोडी ७०, घिउ सिमी लोकल १००, टाटे सिमी १००, मटरकोशा १२० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ९०, लौका ८०, लोकल परवर ७५ रुपैयाँ, चिचिण्डो ४० रुपैयाँ, घिरौला ८०, फर्सी पाकेको ३०, भिण्डी १५०, सखरखण्ड ८०, बरेला ४०, पिंडालू ५०, स्कुस १५ रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ४० र तोरीको साग ५० रुपैयाँ, मेथीको साग १०० रुपैयाँ र चमसूरको साग १०० रुपैयाँमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज १००, बकूला १२०, कन्य च्याउ २००, डल्ले च्याउ ३००, राजा च्याउ २८०, रुख टमाटर १६०, कुरिलो ११००, ब्रोकाउली १२०, चुकन्दर १००, जिरीको साग १००, सेलेरी ५००, पार्सले १५००, पुदिना ६००, गान्टे मुला ७०, इमली १४०, तामा ९०, तोफु ११०, गुन्द्रुक २५०, अदुवा १३०, सुकेको खुर्सानी ३८०, हरियो खुर्सानी ५०, खर्सानी हरियो (बुलेट) ७०, खुर्सानी हरियो (अकबरे) २५०, भेडे खुर्सानी ११०, हरियो लसुन २००, हरियो धनियाँ ८०, चाइनिज सुकेको लसुन ३००, लसुन सुकेको नेपाली ३००, छ्यापी सुकेको १४० र छ्यापी हरियो ३०० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, स्याउ (फूजी) २८०, केरा (दर्जन) १५०, कागती १४०, अनार ३८०, अंगुर (कालो) ३८०, सुन्तला (भारतीय) ९०, जुनार ३००, भुई कटहर प्रति गोटा १८०, लोकल काक्रो ९०, हाइब्रिड काक्रो ६०, निबुवा ४०, अम्बा १५०, नासपाती (चाइनिज) २३०, मेवा (नेपाली) ४०, लप्सी ४०, स्ट्रबेरी भुईऐसेलु ५००, शरीफा २००, किवि २००, आभोकाडो २०० र अमला ५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register