‘सहकारीको रकम अपचलन गर्नेलाई कारबाही गर्नुपर्छ’: महामन्त्री सिंह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुनुपर्ने बताएका छन् । उक्त पार्टीले समसामयिक विषयमा धारणा राख्न पुस ५ गते धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सहकारीको रकम ठगी गर्नेलाई कारबाही गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘सहकारी ठगीबाट लाखौँ जनता पीडित भएका छन्, थोरै पुँजी भएका […]

Dec 20, 2024 - 10:56
 0
‘सहकारीको रकम अपचलन गर्नेलाई कारबाही गर्नुपर्छ’: महामन्त्री सिंह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुनुपर्ने बताएका छन् । उक्त पार्टीले समसामयिक विषयमा धारणा राख्न पुस ५ गते धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सहकारीको रकम ठगी गर्नेलाई कारबाही गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘सहकारी ठगीबाट लाखौँ जनता पीडित भएका छन्, थोरै पुँजी भएका जनताको थोरैथोरै रकम सुरक्षाका लागि जम्मा गर्ने माध्यम सहकारी हो, तर यहाँ सहकारीका कारण अर्बौं रुपैयाँ अपचलन भएको छ, सत्यतथ्य छानबिन गरी कारबाही हुनुपर्छ । धेरै सहकारीमा रकम अपचलन भएको छ, भ्रष्टाचार भएको छ, यसमा संलग्न जो भए पनि छानबिन हुनुपर्छ, सरकारले निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्छ, लाखौँ जनताको बिचल्ली भएको छ, उनीहरूलाई न्याय दिनुपर्छ ।’

महामन्त्री सिंहले देशमा रोजगारीको अवसर नहुँदा विदेशिनेको सङ्ख्या बढ्दै गएको उल्लेख गर्दै आफ्नै देशमा रोजगारीको अवसर सृजना गर्नेतर्फ सरकार उद्यत हुनुपर्ने जनाए । सङ्घीयताले देशको अर्थतन्त्र कमजोर हुँदै गएको उनको आरोप थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register