कुहिएको नरिवल बेचेको भन्दै भाटभटेनी सुपरमार्केटलाई २ लाख जरिवाना

काठमाडौँ । कुहिएको नरिवल बेचेको भन्दै भाटभेटनी सुपरमार्केटलाई कारवाही गरिएको छ । अनुगमनका क्रममा उपभोक्ताको लागि बेच्न राखिएको नरिवल कुहिएको भेटिएपछि काठमाडौँ महानगरपालिकाले भाटभटेनी सुपरमार्केटको त्रिपुरेश्वर आउलेटलाई कारवाहीस्वरुप २ लाख रुपैयाँ जरिवाना तिराएको हो । गत मंसिर १९ गते महानगरप्रहरीसहितको टोलीले गरेको अुनगमनका क्रममा भाटभटेनीमा ढुसी परेको, कुहिएको नरिवल प्याक गरेर बेच्न राखिएको पाइएको थियो […]

Dec 20, 2024 - 10:29
 0
कुहिएको नरिवल बेचेको भन्दै भाटभटेनी सुपरमार्केटलाई २ लाख जरिवाना

काठमाडौँ । कुहिएको नरिवल बेचेको भन्दै भाटभेटनी सुपरमार्केटलाई कारवाही गरिएको छ ।

अनुगमनका क्रममा उपभोक्ताको लागि बेच्न राखिएको नरिवल कुहिएको भेटिएपछि काठमाडौँ महानगरपालिकाले भाटभटेनी सुपरमार्केटको त्रिपुरेश्वर आउलेटलाई कारवाहीस्वरुप २ लाख रुपैयाँ जरिवाना तिराएको हो ।

गत मंसिर १९ गते महानगरप्रहरीसहितको टोलीले गरेको अुनगमनका क्रममा भाटभटेनीमा ढुसी परेको, कुहिएको नरिवल प्याक गरेर बेच्न राखिएको पाइएको थियो ।

अनुगमनका क्रममा महानगरप्रहरीले भाटभटेनीको त्रिपुरेश्वर आउटलेटबाट ४४ प्याकेट अखाद्य (ढुसी परेको) नरिवल बरामद गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register