आज कोसीको उच्च भूभागमा हिमपातको सम्भावना

झापा, ५ पुस । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । यतिबेला (शुक्रबार बिहान) देशका अधिकांश स्थानको मौसम मुख्यतया सफा छ। तराई, खोँच तथा उपत्यकाका क्षेत्रका थोरै स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ। आज कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपात हुने सम्भावना रहेको छ। यतिबेला तराई तथा [...] The post आज कोसीको उच्च भूभागमा हिमपातको सम्भावना appeared first on Jhapa Online.

Dec 20, 2024 - 03:18
 0
आज कोसीको उच्च भूभागमा हिमपातको सम्भावना

झापा, ५ पुस । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । यतिबेला (शुक्रबार बिहान) देशका अधिकांश स्थानको मौसम मुख्यतया सफा छ। तराई, खोँच तथा उपत्यकाका क्षेत्रका थोरै स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ।

आज कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपात हुने सम्भावना रहेको छ। यतिबेला तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा हुस्सु लाग्नुका साथै मधेस प्रदेश र कोसी प्रदेशका तराईका थोरै स्थानमा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हुस्सु, कुहिरो र हिमपातको कारण देशका केही भूभागमा आज दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ। भोलि (शनिबार) पनि कोसी प्रदेशको हिमाली क्षेत्रमा आंंशिक बदली रहने र एकदुई स्थानमा हल्का हिमपात हुने अनुमान महाशाखाले गरेको छ।

The post आज कोसीको उच्च भूभागमा हिमपातको सम्भावना appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register