नेसन्स लिगको क्वार्टरफाइनल समीकरण पूरा

काठमाडौं । युईएफए नेसन्स लिग फुटबलअन्तर्गत लिग ‘ए’को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । सोमबार राति केही निर्णायक खेल भएसँगै अन्तिम ८ समीकरण पूरा भएको हो । समूह १ बाट पूर्वविजेता पोर्चुगल उपविजेता बनेको छ भने क्रोएसियाले उपविजेताको हैसियत प्राप्त गरेको छ । यस्तै समूह २ बाट अर्को पूर्वविजेता फ्रान्स विजेता तथा इटाली उपविजेता बनेको […]

Nov 19, 2024 - 06:07
 0
नेसन्स लिगको क्वार्टरफाइनल समीकरण पूरा

काठमाडौं । युईएफए नेसन्स लिग फुटबलअन्तर्गत लिग ‘ए’को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । सोमबार राति केही निर्णायक खेल भएसँगै अन्तिम ८ समीकरण पूरा भएको हो ।

समूह १ बाट पूर्वविजेता पोर्चुगल उपविजेता बनेको छ भने क्रोएसियाले उपविजेताको हैसियत प्राप्त गरेको छ ।

यस्तै समूह २ बाट अर्को पूर्वविजेता फ्रान्स विजेता तथा इटाली उपविजेता बनेको छ ।

यसैगरी समूह ३ बाट जर्मनी विजेता बन्दा नेदरल्यान्ड्सले उपविजेतामा चित्त बुझाएको छ ।

समूह ४ बाट साविक विजेता स्पेन विजेता बनेको छ । यो समूह उपविजेता भने डेनमार्क भएको छ ।

पोर्चुगल, फ्रान्स, जर्मनी र स्पेन गरी समूह विजेता ४ टोली सिडेड टिममा परेका छन् । यिनीहरूले क्वार्टरफाइनलका खेलमा एक–अर्कासँग भिड्नु पर्दैन ।

अन्तिम ८ का खेल आगामी वर्षको मार्च २० र २३ मा हुनेछन् । यसअघि क्वार्टरफाइनल ड्र हुनेछ ।

पोर्चुगललाई बराबरीमा रोक्दै क्रोएसिया क्वार्टरफाइनलमा

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register