अनुचित लेनदेनको आरोपमा सरकारी कर्मचारी पक्राउ

रौतहट ।  रौतहट स्थित  अनुचित लेनदेन मिटरव्याजी कारोबार गर्ने गरेको आरोपमा एकजना सरकारी सेवामा कार्यरत कर्मचारीलाई प्रहरीले विहीवार पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा माधवनारायण नगरपालिका ५ मिठुअवा गाउँका ४१ बर्षिय श्रीभगवान साह रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।  स्थानीय रामप्रति साहको जाहेरीमा प्रतिवादी श्रीभगवान साह र निजको श्रीमती विनीता साह […]

Dec 20, 2024 - 06:25
 0
अनुचित लेनदेनको आरोपमा सरकारी कर्मचारी पक्राउ

रौतहट ।

 रौतहट स्थित  अनुचित लेनदेन मिटरव्याजी कारोबार गर्ने गरेको आरोपमा एकजना सरकारी सेवामा कार्यरत कर्मचारीलाई प्रहरीले विहीवार पक्राउ गरेको छ ।

 पक्राउ पर्नेमा माधवनारायण नगरपालिका ५ मिठुअवा गाउँका ४१ बर्षिय श्रीभगवान साह रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।

 स्थानीय रामप्रति साहको जाहेरीमा प्रतिवादी श्रीभगवान साह र निजको श्रीमती विनीता साह अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत रौतहटबाट गत मंसिर २० गते पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजी गरी रहँदा बिहीबार श्रीभगवान शुकदेव चौकबाट पक्राउ परेका हुन्। उनको श्रीमती हालसम्म फरार रहेको प्रहरीले जनाएको छ। श्रीभगवान  कर्णाली प्रदेशमा सरकारी सेवामा कार्यरत रहेका छन्।

त्यहाँबाट घरआएर लुकीछिपी बसीरहेको  प्रहरीले थाहा पाएपछी निजलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी दिपककुमार रायले अनुचित लेनदेनमा श्रीभगवान पक्राउ परेको पुष्टि गर्दै आवश्यक अनुसन्धान गरिरहेको बताएका छन्। 

पछिल्लो समयमा रौतहटमा अनुचित लेनदेन मिटर ब्याज सम्बन्धी मुद्दामा प्रहरीले विशेष सक्रियता देखाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register