एफवन सफ्टको खातामा अनधिकृत एक्सेस गरी ठुलो रकम चोरी, अनुसन्धान गर्दै साइबर ब्युरो
काठमाडौं । फिनटेक कम्पनी एफवन सफ्ट ग्रुपको खातामा अनधिकृत पहुँच लिएर ठुलो रकम चोरी भएको घटना बाहिर आएको छ । करिब दुई महिनाअघि एफवन सफ्टले आफ्नो सिस्टममा कसैले अनधिकृत पहुँच पाएर रकम चोरी गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएको हो । साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार यसमा अनधिकृत रूपमा सिस्टममा पहुँच पाएर रकम चोरी गरेको हुनसक्ने देखिएको छ । “यस विषयमा अनुसन्धान भइरहेको छ,” अवस्थीले भने, “अनथराइज एक्सेसको सम्भावना देखिएको छ । यस विषयमा प्राविधिक विश्ल...

What's Your Reaction?






