मेसेन्जर-ह्वाट्सएप-भाइबरले आम्दानी खाइदिँदा उठ्नै नसक्ने अवस्थामा नेपालका टेलिकम कम्पनी
काठमाडौं । दूरसञ्चार क्षेत्रमा विश्वले छलाङ मारिरहँदा नेपालमा भने यसको बजार उल्टै खुम्चँदो छ । पछिल्ला वर्षका तथ्याङ्क र घटनाक्रमले नेपालको दूरसञ्चार बजार चरम सङ्कुचनमा परेको देखाएका छन् । विगत छ वर्षयता यस क्षेत्रको वार्षिक आय निरन्तर घट्दो छ । आर्थिक वर्ष २०७५/०७६ मा इन्टरनेट तथा नेटवर्क र दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूको गरी दूरसञ्चार क्षेत्रको कूल आय एक खर्ब दुई अर्ब ९७ करोड १६ लाख रुपैयाँ थियो । पाँच वर्षपछि आव २०७९/०८० मा यो आय घटेर ९४ अर्ब २४ करोड १७ लाखमा सीमित भयो । यस अवधिमा दूरसञ्चार सेवाप्रदायकको आम्दानी तीव्र घटेको ...

What's Your Reaction?






