रुसले ल्यायो आणविक कानून, जसरी आक्रमण गर्छ त्यसैगरी जवाफ दिने

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ आणविक कानूनको प्रमाणीकरण गरेका छन् । रूसी अखबार आरटीका अनुसार रूसले मङ्गलबार पहिलोपटक आणविक नीति परिवर्तन गरेको हो । अब उक्त कानूनकाअनुसार कुनै आणविक देशको साथमा गैरआणविक देशले रूसमा हमला गरेमा त्यसलाई सामूहिक आक्रमण मानेर त्यसैअनुसार जवाफ दिइनेछ । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई युद्धमा लामो दुरीका क्षेप्यास्त्र प्रयोग […]

Nov 19, 2024 - 11:11
 0
रुसले ल्यायो आणविक कानून, जसरी आक्रमण गर्छ त्यसैगरी जवाफ दिने

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ आणविक कानूनको प्रमाणीकरण गरेका छन् । रूसी अखबार आरटीका अनुसार रूसले मङ्गलबार पहिलोपटक आणविक नीति परिवर्तन गरेको हो ।

अब उक्त कानूनकाअनुसार कुनै आणविक देशको साथमा गैरआणविक देशले रूसमा हमला गरेमा त्यसलाई सामूहिक आक्रमण मानेर त्यसैअनुसार जवाफ दिइनेछ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई युद्धमा लामो दुरीका क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिएपछि रूसले यस्तो कदम चालेको हो ।

गत सेप्टेम्बरमा बनेको यो कानून औपचारिक रूपमा मङ्गलबार प्रमाणीकरण भएपछि अब लागू भएको छ ।

रूस र उत्तर कोरियाले केही अगाडि मात्र एकअर्कामाथि हुने आक्रमणलाई आफूमाथिको आक्रमण भन्ने अर्थ लगाएर रणनीतिक सन्धि गरेका थिए । यी सबै घटनालाई लिएर कतिपयले तेस्रो विश्व युद्ध हुन लागेको अनुमान गरेका छन् ।

रूसका राष्ट्रपतिलाई देशको आणविक हतियार प्रयोग गर्ने कि नगर्ने भन्ने निर्णय गर्ने आधिकार हुन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register