मनमोहक लुम्बिनीको विश्व शान्ति स्तूपा (तस्विरहरु)

काठमाडौँ । बुद्ध जन्मस्थल लुम्बिनीको प्रमुख आकर्षण हो विश्व शान्ति स्तूपा । लुम्बिनी गुरु योजनाको उत्तरी क्षेत्रमा रहेको स्तुपा लुम्बिनी पुग्ने सबै जना पुग्ने स्थल हो । निकै मनमोहक र आकर्षक रहेको स्तुपा मुलुकको सबैभन्दा अग्लो स्तुपा हो । यस स्तूपमा भगवान् बुद्धको पवित्र अस्तु धातु स्तूपको गर्भ र गजुरमा प्रतिस्थापित गरिएकाले पनि शान्तिका अनुयाईको […]

Nov 19, 2024 - 11:29
 0
मनमोहक लुम्बिनीको विश्व शान्ति स्तूपा (तस्विरहरु)

काठमाडौँ । बुद्ध जन्मस्थल लुम्बिनीको प्रमुख आकर्षण हो विश्व शान्ति स्तूपा । लुम्बिनी गुरु योजनाको उत्तरी क्षेत्रमा रहेको स्तुपा लुम्बिनी पुग्ने सबै जना पुग्ने स्थल हो । निकै मनमोहक र आकर्षक रहेको स्तुपा मुलुकको सबैभन्दा अग्लो स्तुपा हो ।

यस स्तूपमा भगवान् बुद्धको पवित्र अस्तु धातु स्तूपको गर्भ र गजुरमा प्रतिस्थापित गरिएकाले पनि शान्तिका अनुयाईको आस्था र पवित्र केन्द्र बनेको छ । निप्पोजान म्याहोजी संस्थाका संस्थापक फुजी गुरुले उक्त स्तुप निर्माण गरेका हुन् ।
स्वर्गिय जापानी निचिडात्सु फुजी गुरुले विश्वभरि बनाएका ८० बढी विश्व शान्ति स्तुपमध्ये यो एक हो । ७ बर्ष लगाएर निर्माण गरिएको शान्ति स्तुप ४१.५ मिटर अग्लो र २० मिटर गोलाईको रहेको छ । त्यस्तै, स्तुपको आधार स्तम्ब ५९ मिटर गोलाईको रहेको छ । ९ सय मेट्रिक टन सिमेन्ट लागेको उक्त स्तुपमा २७ हजार स्क्बायर फुट मार्बल प्रयोग गरिएको छ । बाँकी तस्विरमा हेर्नुहोस् :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register