सानिमा बैंकको २०औं साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौँ । सानिमा बैंक लिमिटेडको २०औँ साधारणसभा सम्पन्न भएको छ । मङ्सिर ४ गते मंगलबार बैंकको साधारणसभा सम्पन्न भएको हो । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा […]

Nov 19, 2024 - 12:29
 0
सानिमा बैंकको २०औं साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौँ । सानिमा बैंक लिमिटेडको २०औँ साधारणसभा सम्पन्न भएको छ । मङ्सिर ४ गते मंगलबार बैंकको साधारणसभा सम्पन्न भएको हो ।

बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा रु. २.४० अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. २३३.८६ अर्ब, कुल निक्षेप रु. १९९.३८ अर्ब तथा खुद कर्जा सापटी रु १६४.९४ अर्ब रहेको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ११.४८, १०.०६ र ८.४५ प्रतिशतले वृद्धि गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register