पहिलो परीक्षामा सबै फेल भएपछि राष्ट्रिय बीमा कम्पनीमा फेरि खुल्यो सीईओको आवेदन, पास मात्र भए जागिर लगभग पक्का !

काठमाडौँ । प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पहिलो परीक्षामा सबै फेल भएपछि राष्ट्रिय बीमा कम्पनीले फेरि आवेदन खुलाएको छ । बिहीबार एक सूचना सार्वजनिक गर्दै कम्पनीले सीईओको लागि आवेदन मागेको हो ।  कम्पनीको सीईओ बन्न इच्छुकले सूचना सार्वजनिक भएको २१ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।  यसो त कम्पनीले यसअघि असोज १६ […]

Nov 21, 2024 - 04:35
 0
पहिलो परीक्षामा सबै फेल भएपछि राष्ट्रिय बीमा कम्पनीमा फेरि खुल्यो सीईओको आवेदन, पास मात्र भए जागिर लगभग पक्का !

काठमाडौँ । प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पहिलो परीक्षामा सबै फेल भएपछि राष्ट्रिय बीमा कम्पनीले फेरि आवेदन खुलाएको छ । बिहीबार एक सूचना सार्वजनिक गर्दै कम्पनीले सीईओको लागि आवेदन मागेको हो । 

कम्पनीको सीईओ बन्न इच्छुकले सूचना सार्वजनिक भएको २१ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

यसो त कम्पनीले यसअघि असोज १६ गते कम्पनीको सीईओ पदका लागि आवेदन माग गरेको थियो । त्यसबेला कम्पनीमा सीईओका लागि चार जनाले आवेदन दिएका थिए । तर, आवेदन दिएका चारैजना परीक्षामा फेल भएपछि कम्पनीले पुनः सीईओको आवेदन खुला गरेको हो । 

यस्तो छ सीईओका लागि आवेदन माग सम्बन्धी कम्पनीको सूचनाः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register