भरतपुर महानगरपालिकाको सनसनिपुर्ण घोषणा

भरतपुर महानगरपालिकाको सनसनिपुर्ण घोषणा

भरतपुर महानगरपालिका अन्तर्गत नारायणी नदीको दिर्घकालीन समाधानका लागी नदि तटबन्धनको DPR अनुसार रू.४अर्ब ७२ करोड बजेट उर्जा जलश्रोत तथा सिंचाई मंत्रालय बाट बजेटको ब्यबस्थापन गरि बहुबर्षिय ठेक्का अन्तर्गत जम्मा २५ कि.मी नदि तटबन्ध मध्य आज वडा नं. २६-२७ सम्मको पहिलो खण्डको आज टेन्डर आब्हान भएको छ।अब केहि दिनमा बांकी खण्डको पनि टेण्डर हुदैछ।यस कार्यमा महत्वपुर्ण सहयोग प्रदान गर्नुहुने अध्यक्ष क. प्रचण्ड ज्यु एंव माननिय मंत्रिज्यु लगायत सम्पुर्णलाई हार्दिक धन्यबाद ब्यक्त गर्दछु । रेणु दहाल !