पाकिस्तानमा १६ सैनिकको मृत्यु हुनेगरी आक्रमण : तालिबानले भन्यो– हत्याको बदला

इस्लामाबाद । पाकिस्तानमा १६ सैनिकको मृत्यु भएको भएको आक्रमणमा तालिबान समूहको संलग्नता रहेको पाकिस्तानी तालिवान समूहले पुष्टि गरेको छ । तालिबानको पाकिस्तानी शाखाले एक विज्ञप्ति जारी गर्दै ‘आफ्ना वरिष्ठ कमान्डरहरूको हत्याको बदलामा’ आक्रमण गरिएको बताएको हो । उक्त समूहले मेशिनगन र नाइट भिजन डिभाइसलगायत सैन्य सामग्रीको भण्डार पनि जफत गरेको दाबी गरेको छ । पाकिस्तानी […]

Dec 22, 2024 - 02:53
 0
पाकिस्तानमा १६ सैनिकको मृत्यु हुनेगरी आक्रमण : तालिबानले भन्यो– हत्याको बदला

इस्लामाबाद । पाकिस्तानमा १६ सैनिकको मृत्यु भएको भएको आक्रमणमा तालिबान समूहको संलग्नता रहेको पाकिस्तानी तालिवान समूहले पुष्टि गरेको छ ।

तालिबानको पाकिस्तानी शाखाले एक विज्ञप्ति जारी गर्दै ‘आफ्ना वरिष्ठ कमान्डरहरूको हत्याको बदलामा’ आक्रमण गरिएको बताएको हो ।

उक्त समूहले मेशिनगन र नाइट भिजन डिभाइसलगायत सैन्य सामग्रीको भण्डार पनि जफत गरेको दाबी गरेको छ ।

पाकिस्तानी सेनाले यस घटनाबारे अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

अफगानिस्तानमा सन् २०२१ मा तालिबान सत्तामा फर्किएदेखि नै पाकिस्तानले आफ्नो पश्चिमी सीमावर्ती क्षेत्रमा चरमपन्थी हिंसाको पुनरुत्थानसँग जुधिरहेको छ ।

इस्लामाबादले काबुलका शासकहरूले सीमा पारबाट पाकिस्तानमाथि आक्रमण गर्ने लडाकूहरूलाई निर्मुल पार्न असफल भएको आरोप लगाएको छ ।

तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी)का नामले चिनिने पाकिस्तानी तालिबानको तीन वर्षअघि सत्तामा फर्केका अफगानी समकक्षीसँग वैचारिक समानता छ ।

काबुलका नयाँ शासकहरूले अफगानिस्तानको भूमिबाट विदेशी लडाकू समूहलाई हटाउने प्रतिबद्धता जनाएका छन् ।

तर जुलाईमा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को एक प्रतिवेदनले त्यहाँ करिब ६ हजार ५०० टीटीपी लडाकू रहेको अनुमान गरेको थियो । अफगानी तालिबान समूहले टीटीपीलाई आतङ्कवादी समूहको रूपमा स्वीकार गर्दैन ।

रिपोर्टमा भनिएको छ, ‘अफगान तालिबानले हतियार आपूर्ति र प्रशिक्षणका लागि अनुमतिसहित टीटीपी अभियानहरूमा तदर्थ समर्थन र सहिष्णुता राख्ने गरेका पाइन्छ ।’

आक्रमणका घटनाले इस्लामाबाद र काबुलबीचको सम्बन्धमा तिक्तता ल्याएको छ । गत वर्ष पाकिस्तानले लाखौँ गैरकानुनी अफगानी आप्रवासीलाई देश निकाला गर्ने अभियान चलाउनुको एउटा कारण सुरक्षालाई पनि मानिएको थियो ।

यसअघि, पाकिस्तानी गुप्तचर अधिकारीहरूले तालिवान समूहले शनिबार अफगानिस्तानसँग सीमा जोडिएको एक सैनिक चौकीमा रातभर गरेको आक्रमणमा परी १६ सैनिकको मृत्यु हुनुका साथै अन्य पाँच जना गम्भीर घाइते भएको बताएका थिए ।

नाम नबताउने शर्तमा एक वरिष्ठ गुप्तचर अधिकारीले एएफपीलाई बताएअनुसार मध्यरातपछि करिब ३० जना लडाकूले पहाडी चौकीमा तीनतिरबाट आक्रमण गरेका थिए ।

‘आक्रमणमा परी १६ सैनिकको मृत्यु भएको छ भने पाँचजना गम्भीर घाइते भएका छन्,’ उनले भने, ‘लडाकूहरूले सुरक्षा जाँच चौकीमा रहेका वायरलेस सञ्चार उपकरण, कागजात र अन्य सामानहरूमा आगो लगाएका छन् ।’

अर्का एक गुप्तचर अधिकारीले पनि अफगानिस्तानको सीमाबाट ४० किलोमिटर टाढा खैबर पख्तुनख्वा प्रान्तको माकेन क्षेत्रमा भएको आक्रमणमा परी मृत्यु हुने र घाइते हुनेको उक्त सङ्ख्यालाई पुष्टि गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register