जर्मनीको क्रिसमस बजारमा ‘जिहादी’ आक्रमण : कारले किचेर ५ जनाको मृत्यु, २०० भन्दा बढी घाइते

म्याग्डेबर्ग । जर्मनीको एक क्रिसमस बजारमा गराइएको कार दुर्घटनामा परी पाँच जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएको स्याक्सोनी–अनहाल्ट राज्यका प्रमुख रेनर हसेलोफले शनिबार जानकारी दिएका छन् । पूर्वी सहर म्याग्डेबर्गमा आएका जर्मन चान्सलर ओलाफ स्कोल्जले मृतकका आफन्तजनप्रति समवेदना प्रकट गरेका छन् । घटनामा करिब ४० जना गम्भीर घाइते भएको र सरकारले उनीहरूको […]

Dec 22, 2024 - 02:38
 0
जर्मनीको क्रिसमस बजारमा ‘जिहादी’ आक्रमण : कारले किचेर ५ जनाको मृत्यु, २०० भन्दा बढी घाइते

म्याग्डेबर्ग । जर्मनीको एक क्रिसमस बजारमा गराइएको कार दुर्घटनामा परी पाँच जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएको स्याक्सोनी–अनहाल्ट राज्यका प्रमुख रेनर हसेलोफले शनिबार जानकारी दिएका छन् ।

पूर्वी सहर म्याग्डेबर्गमा आएका जर्मन चान्सलर ओलाफ स्कोल्जले मृतकका आफन्तजनप्रति समवेदना प्रकट गरेका छन् । घटनामा करिब ४० जना गम्भीर घाइते भएको र सरकारले उनीहरूको उपचारको व्यवस्था मिलाएको उनले बताए । साथै, उनले ‘भयानक आक्रमण’को निन्दा गरेका छन् ।

सन् २०१६ मा पनि बर्लिनको क्रिसमस बजारमा आएका मानिसहरूले जिहादी समूहले कारले किचेको हो ।

चान्सलर स्कोल्जले ‘यति धेरै मानिस हताहत भएको ‘भयानक आक्रमण’बारे जर्मनीले ‘उचित कानुनी दण्डद्वारा’ जवाफ दिने प्रतिबद्धता व्यक्त गरे ।

जर्मनीमा आप्रवासन र सुरक्षाको विषयमा चर्को बहस भइरहेका बेला चान्सलर स्कोल्जले राष्ट्रिय एकताका लागि आह्वान गरेका छन् ।

‘हामी एक देशका नागरिकका रूपमा सँगै बस्छौँ, एकसाथ रहन्छौँ तर आफ्नै समुदायविरुद्ध हतियारहरूको प्रयोग गर्छौँं, के यो घृणा होइन ?’ उनले भने, ‘विश्वका धेरै मुलुकबाट ऐक्यबद्धता आएको छ । यस भयानक विपत्तिको सामना गर्न हामी जर्मनहरू एक्लो छैनौँ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register