सिस्नेरी घटना : ज्यान गुमाएका खेलाडीका अभिभावकले एन्फामा गरे तालाबन्दी

काठमाडौं । सिस्नेरीको पहिरोमा परी ज्यान गुमाएका खेलाडीका अभिभावकले अखिल नेपाल फुटबल संघ (एन्फा)मा तालाबन्दी गरेका छन् । बिहीबार उच्चस्तरीय छानबिन समितिको माग राख्दै अभिभावकहरुले धर्ना कार्यक्रमसहित एन्फामा तालाबन्दी गरेका हुन् । मंगलबार सिस्नेरी एन्फा एकेडेमीमा गएको पहिरोमा परी ज्यान गुमाएका खेलाडीको परिवारले न्याय नपाएको बताएका थिए । अभिभावकहरुले आफूहरुलाई कुनै राहत नभई न्याय चाहेको […]

Nov 21, 2024 - 05:53
 0
सिस्नेरी घटना : ज्यान गुमाएका खेलाडीका अभिभावकले एन्फामा गरे तालाबन्दी

काठमाडौं । सिस्नेरीको पहिरोमा परी ज्यान गुमाएका खेलाडीका अभिभावकले अखिल नेपाल फुटबल संघ (एन्फा)मा तालाबन्दी गरेका छन् ।

बिहीबार उच्चस्तरीय छानबिन समितिको माग राख्दै अभिभावकहरुले धर्ना कार्यक्रमसहित एन्फामा तालाबन्दी गरेका हुन् ।

मंगलबार सिस्नेरी एन्फा एकेडेमीमा गएको पहिरोमा परी ज्यान गुमाएका खेलाडीको परिवारले न्याय नपाएको बताएका थिए । अभिभावकहरुले आफूहरुलाई कुनै राहत नभई न्याय चाहेको बताएका छन् ।

एन्फाले सो घटनालाई गम्भीरतापूर्वक नलिएको र गैरजिम्मेवारीपूर्वक रुपमा प्रस्तुत भएको अभिभावकहरु बताउँछन् । साथै, छानबिनका लागि गठन गरिएको टोली पनि स्वीकार्य नभएको बताएका छन् ।

असोज १२ गते मकवानपुरस्थित एन्फाको तालिम केन्द्रमा पहिरोमा परी ६ जना किशोर खेलाडीले ज्यान गुमाएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register