बीमा प्राधिकरणका अध्यक्षविरुद्ध अख्तियारले हाल्यो भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले सोमबार विशेष अदालत काठमाडौंमा सिलवालविरुद्ध आरोपपत्र दायर गरेको हो । सिलवालमाथि पटक/पटक नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको अनि राहदानीमा केरमेट र जालझेल गरेको आरोप छ । उनले २४ फागुन २०३२ मा नागरिकताको प्रमाणपत्र लिएका थिए […]

Dec 9, 2024 - 10:31
 0
बीमा प्राधिकरणका अध्यक्षविरुद्ध अख्तियारले हाल्यो भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले सोमबार विशेष अदालत काठमाडौंमा सिलवालविरुद्ध आरोपपत्र दायर गरेको हो ।

सिलवालमाथि पटक/पटक नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको अनि राहदानीमा केरमेट र जालझेल गरेको आरोप छ ।

उनले २४ फागुन २०३२ मा नागरिकताको प्रमाणपत्र लिएका थिए । पछि जिल्ला प्रशासन कार्यालयबाट २०६६ सालमा प्रतिलिपी लिँदा २२ कात्तिक २०१६ साल भनी जन्म मिति उल्लेख गरेका थिए ।

तर, निजामती सेवा प्रवेश गर्दा नै उनले १५ साउन, २०१५ भनी जन्ममिति घोषणा गरेका थिए । सिटरोलका साथै त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्रमा समेत त्यही जन्म मिति उल्लेख थियो । त्यही विवरणलाई आधार मानेर उनले १५ साउन २०७३ मा अवकाश लिएका थिए ।

उनले हालसम्म लिएको लाभ सुविधा रकम ३६ लाख ६२ हजार १५४ रुपैयाँ र कसुरजन्य सम्पत्ति तथा साधन रोक्का, नियन्त्रण र जफत ऐन बमोजिम जफत/असुल उपर हुन माग दाबीसहित आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।



What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register