नेपाली बजारमा एलजीको नानोसेल टिभी सार्वजनिक

काठमाडौं । चौधरी ग्रुपअन्तर्गत नेपालमा एलजी उत्पादनका आधिकारिक आयातकर्ता तथा वितरक सिजी इलेकट्रोनिक्सले ४३ इन्च, ५५ इन्च र ६५ इन्चका साइजमा नयाँ एलजी नानोसेल टिभी सार्वजनिक गरेको छ । कम्पनीले उन्नत टेलिभिजन मोडलहरूको दायरा विस्तार गर्ने क्रममा थप नयाँ  टिभी सार्वजनिक गरेको हो । एलजीको उन्नत टेलिभिजन मोडेलहरूमा ३२’ देखि ८६’ सम्मका ओएलईडी टिभी, क्युएनईडी […]

Nov 21, 2024 - 06:53
 0
नेपाली बजारमा एलजीको नानोसेल टिभी सार्वजनिक

काठमाडौं । चौधरी ग्रुपअन्तर्गत नेपालमा एलजी उत्पादनका आधिकारिक आयातकर्ता तथा वितरक सिजी इलेकट्रोनिक्सले ४३ इन्च, ५५ इन्च र ६५ इन्चका साइजमा नयाँ एलजी नानोसेल टिभी सार्वजनिक गरेको छ । कम्पनीले उन्नत टेलिभिजन मोडलहरूको दायरा विस्तार गर्ने क्रममा थप नयाँ  टिभी सार्वजनिक गरेको हो ।

एलजीको उन्नत टेलिभिजन मोडेलहरूमा ३२’ देखि ८६’ सम्मका ओएलईडी टिभी, क्युएनईडी टिभी, युएचडी टिभी र स्मार्ट टिभीहरू समावेश छन् ।

एलजीको नानोसेल टिभीहरूमा विशेष नानोसेल लेयर प्रयोग गरिएको छ, जुन प्रविधिले उन्नत रङको शुद्धताका साथ तस्बिरको गुणस्तरमा क्रान्ति ल्याएको कम्पनीको भनाइ छ।

यसबाहेकका विभिन्न फिचर भएका उक्त टिभी ग्राहकहरूले एलजी शपि स्टोरहरू, सीजी डिजिटल स्टोरहरू, इ–कमर्स साइट cgdigital.com.np र नेपालभरि विस्तृत डिलर नेटवर्क मार्फत खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register