जलवायु परिवर्तनको प्रभावबाट जोगिन एकजुट हुनुको विकल्प छैन : मन्त्री खड्का

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले जलवायु परिवर्तनबाट निम्तिएका विपद् तथा वातावरणीय असन्तुलनलाई न्यूनीकरण गर्न सबैको साथ र सहयोगको खाँचो भएको बताएका छन् । जलवायुसम्बन्धी एशिया प्रशान्त क्षेत्रस्तरीय ३ दिने अन्तर्राष्ट्रिय सम्मेलनको समापन समारोहमा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । उनले भने, ‘संयुक्त प्रयासबाट मात्र हामी हाम्रो ग्रहलाई जोगाउन र उज्ज्वल भविष्य […]

Nov 21, 2024 - 08:53
 0
जलवायु परिवर्तनको प्रभावबाट जोगिन एकजुट हुनुको विकल्प छैन : मन्त्री खड्का

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले जलवायु परिवर्तनबाट निम्तिएका विपद् तथा वातावरणीय असन्तुलनलाई न्यूनीकरण गर्न सबैको साथ र सहयोगको खाँचो भएको बताएका छन् ।

जलवायुसम्बन्धी एशिया प्रशान्त क्षेत्रस्तरीय ३ दिने अन्तर्राष्ट्रिय सम्मेलनको समापन समारोहमा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् ।

उनले भने, ‘संयुक्त प्रयासबाट मात्र हामी हाम्रो ग्रहलाई जोगाउन र उज्ज्वल भविष्य निर्माण गर्न सक्छौँ । त्यसैले हामी सबैको हातेमालो जरुरी छ ।’

३ दिने सम्मेलनलाई सम्बोधन गर्दै खड्काले यस्ता मञ्चहरुलाई क्रियाशील रणनीतिको निर्माण तथा जनमुखी सुशासन प्रवर्द्धन गर्न प्रयोग गनुपर्ने बताउँदै दीगो विकासका सन्दर्भमा सबै एकजुट हुनुपर्ने बताए ।

सम्मेलनमा २३ देशका विज्ञहरुको सहभागितामा पूर्वाधार विकासलाई दिगो तथा वातावरणमैत्री बनाउन नवीनतम् प्रविधिको उपयोग गरी जल, वातावरण, आवास, यातायात, पर्यावरण, पूर्वसूचना प्रविधिलगायत विशिष्टिकृत विषयमा बहस र छलफल भएको थियो ।

उक्त छलफलबाट आएका सुझावलाई ग्रहण गर्न आफू तयार रहेको बताउँदै उनले भने, ‘संयुक्त प्रयासद्वारा हामी हाम्रो ग्रहलाई जोगाउन र उज्ज्वल भविष्य निर्माण गर्न सक्छौँ । त्यसैले हामी एकजुट हुनुको विकल्प छैन ।’

आयोजकलाई धन्यवाद दिँदै खड्काले बढ्दो चुनौतीलाई न्यूनीकरण गर्न सबैको हातेमालोको खाँचो रहेको बताए । उनले भने, ‘म विनम्रताका साथ विश्व समुदाय र सम्बन्धित संस्थाहरूसँग जलवायु परिवर्तनका चुनौतीहरूलाई न्यूनीकरण गनका लागि दिगो समाधानका उपाय र प्रविधि हस्तान्तरणलाई अघि बढाउन सहयोगका लागि अपिल गर्दछु ।’

कार्यक्रममा उपस्थित अन्य सहभागिहरुले हिमाली क्षेत्रको अग्रपंक्तिमा रहेको नेपाल जस्तो देशका लागि जलवायु परिवर्तनका गम्भीर प्रभाव र विपद्हरूको सामना गर्दै गर्दा यस्ता चुनौतीहरू अस्तित्वमाथिको प्रश्न पनि भएकाले सबैको साथ र सहयोगको खाँचो रहेको औँल्याए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register