अमेरिकामा ‘खतरनाक’ हिमआँधीको चेतावनी, ६ करोड मानिस जोखिममा

काठमाडौं । अमेरिकामा ‘खतरनाक’ हिमआँधीको चेतावनी दिइएको छ । यसबाट ६ करोड मानिस जोखिममा रहेको भन्दै सरकारले सजगता अपनाउन अनुरोध गरेको छ । यसले गर्दा यतिबेला अमेरिकाका करोडौँ मानिस ‘खतरनाक’ हिमआँधीसँग जुध्न तयारी गरिरहेका छन् । यस आँधीका कारण पछिल्लो दशककै सबैभन्दा बढी हिमपात हुने बताइएको छ । अमेरिकाको नेसनल वेदर सर्भिस (एनडब्लूएस)का अनुसार अमेरिकाको […]

Jan 6, 2025 - 02:32
 0
अमेरिकामा ‘खतरनाक’ हिमआँधीको चेतावनी, ६ करोड मानिस जोखिममा

काठमाडौं । अमेरिकामा ‘खतरनाक’ हिमआँधीको चेतावनी दिइएको छ । यसबाट ६ करोड मानिस जोखिममा रहेको भन्दै सरकारले सजगता अपनाउन अनुरोध गरेको छ ।

यसले गर्दा यतिबेला अमेरिकाका करोडौँ मानिस ‘खतरनाक’ हिमआँधीसँग जुध्न तयारी गरिरहेका छन् । यस आँधीका कारण पछिल्लो दशककै सबैभन्दा बढी हिमपात हुने बताइएको छ ।

अमेरिकाको नेसनल वेदर सर्भिस (एनडब्लूएस)का अनुसार अमेरिकाको मध्य भागबाट सुरु भएको यो हिमआँधी आगामी दिनमा पूर्वतिर सर्ने छ ।

यो आँधी आइतबार मध्य अमेरिका र मध्यपश्चिमबाट पूर्वतर्फ सरेर साँझसम्म मध्य एट्लान्टिक क्षेत्रमा पुग्ने अनुमान गरिएको बीबीसीको समाचारमा उल्लेख छ ।

यसैलाई ध्यानमा राख्दै अहिलेसम्म अमेरिकाका पाँच राज्य केन्टकी, भर्जिनिया, कन्सास, अर्कान्सास र मिसौरीमा आपतकाल घोषणा गरिएको छ ।

यो आँधी अमेरिकाको पूर्वी भागतर्फ सर्ने सम्भावनाका कारण कुल ३० राज्यमा मौसमी चेतावनी जारी गरिएको छ ।

‘आँधीका कारण अमेरिकामा सन् २०११ पछिकै सबैभन्दा चिसो समय आउन सक्छ,’ एक्कु वेदरका मौसमविद् डान डेपोडभिनले भने ।

ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरका अनुसार आइतबार अमेरिकामा २ हजारभन्दा बढी उडानहरू ढिलो र १ हजार ५०० रद्द गरिएका थिए ।

कन्सास सिटी इन्टरनेसनल एयरपोर्टका उडानहरू सबैभन्दा बढी प्रभावित भएका छन्, यहाँका ८६ प्रतिशत उडान रद्द भएका छन् ।

यसका कारण अमेरिकाको मध्य भागमा सामान्य जनजीवन प्रभावित हुन सक्ने मौसमविदले चेतावनी दिएका छन् । यहाँ धेरै ठाउँमा सडक बन्द गरिएको छ र मानिसहरूलाई सवारी चलाउँदा सावधानी अपनाउन भनिएको छ ।

आँधीका कारण भिजिबिलिटी निकै कम हुन सक्ने चेतावनी दिइएको छ ।

मौसम विभागका अनुसार यस अवधिमा ४० माइल प्रतिघण्टा (६४ किलोमिटर प्रतिघण्टा) को गतिमा हावा चल्ने छ ।

मध्य कन्सासका केही भाग आगामी केही दिनमा कडा चिसो अनुभव गर्न सेट गरिएको छ । दक्षिण–मध्य कन्सासको प्रमुख सहर विचिटामा रहेको एनडब्लूएस शाखाका अनुसार माइनस २९ डिग्री सेल्सियस र सोभन्दा कम हावा चिसो हुने अनुमान गरिएको छ ।

सोमबार बिहान सबैभन्दा चिसो हावा रसल र सलिना सहरमा महसुस भएको छ ।

ल्ध्क् ले यस अवधिमा कम्तिमा १५ इन्च (३८.१ सेन्टिमिटर) हिमपात हुने अनुमान गरेको छ। यो पछिल्लो दशकमा सबैभन्दा ठूलो हिमपात हुनेछ ।

एनडब्लूएसले मंगलबार बिहानसम्म आँधी कम हुने जनाएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register