जलवायु अनुकूलनका लागि दिगो विकासका नीति आवश्यक : मन्त्री ठकुरी

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु अनुकूलनका लागि दिगो विकासका नीति आवश्यक रहेको बताएका छन् । विश्वभरका परामर्शदाताहरूको अन्तर्राष्ट्रिय संस्था ‘फिडिक’को एशिया प्रशान्त क्षेत्रीयस्तरको ३ दिने अन्तर्राष्ट्रिय सम्मेलनको समापन कार्यक्रममा बोल्दै मन्त्री ठकुरीले यस्तो बताएका हुन् । समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले भने, ‘उच्च पहाडदेखि तराईसम्मका समुदायले खाद्य सुरक्षा, पानी अभाव, […]

Nov 21, 2024 - 09:53
 0
जलवायु अनुकूलनका लागि दिगो विकासका नीति आवश्यक : मन्त्री ठकुरी

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु अनुकूलनका लागि दिगो विकासका नीति आवश्यक रहेको बताएका छन् ।

विश्वभरका परामर्शदाताहरूको अन्तर्राष्ट्रिय संस्था ‘फिडिक’को एशिया प्रशान्त क्षेत्रीयस्तरको ३ दिने अन्तर्राष्ट्रिय सम्मेलनको समापन कार्यक्रममा बोल्दै मन्त्री ठकुरीले यस्तो बताएका हुन् ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले भने, ‘उच्च पहाडदेखि तराईसम्मका समुदायले खाद्य सुरक्षा, पानी अभाव, र विपद् व्यवस्थापनमा चुनौती सामना गरिरहेका छन् । जलवायु अनुकूलनका लागि दीर्घकालीन योजना र दिगो विकास नीतिहरू आवश्यक छन् । यसमा स्थानीय सहभागिता र अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य छ ।’

नेपालमा जलवायु परिवर्तनका असरहरू गम्भीर रूपमा देखा परेको औँल्याउँदै हिमाली क्षेत्रका हिउँ र हिमनदीहरू द्रुत गतिमा पग्लिरहेकोले जलप्रवाहलाई नै अस्थिर बनाएको उनले बताए ।

साथै, पछिल्लो समय देखा परेको जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावले गर्दा विशेष गरी ग्रामीण जनजीवन र जैविक विविधता नै संकटमा परेको र वनस्पति तथा जीवजन्तुका प्रजातिहरू पनि जोखिममा परेको मन्त्री ठकुरीले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register